२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन
अ अ+ अ-

काठमाडौं ।  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ ।

यसअघि पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएकामा पाँच महिनापछि फेरीमा सेवा सञ्चालनमा आएको हो । दसैँ, तिहारमा आवागमन सहज बनाउने उद्देश्यले पाँच महिनापछि सेवा सञ्चालनमा आएको हो ।

बर्सातका कारण गत जेठदेखि बन्द रहेको सतिघाटखण्ड बुधबारदेखि फेरी सञ्चालनमा आएपछि भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई आवतजावतमा सहज भएको छ ।

दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सतिघाटमा हलुका सवारीसाधनलाई नदी वारपार गर्न मिल्ने गरी सेवा सञ्चालनमा ल्याइएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा भोजपुर र सङ्खुवासभाका नागरिकलाई आवागमनमा समस्या हुँदै आएको थियो ।

सेवा सञ्चालनमा आएसँगै उत्तरी क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न तथा आवतजावत गर्न सहज हुने उहाँको भनाइ छ । आवागमन सञ्चालनमा डानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई राहत पुगेको छ । सतिघाटमा पक्की पुल निर्माण नहुँदा सवारीसाधन, यात्रु तथा दैनिक उपभोग्य वस्तु नदी वारपार गराउन फेरीमा निर्भर हुनुपर्ने अवस्था छ । विसं २०७६ देखि फेरी सञ्चालन हुँदै आएको छ ।

फेरी सञ्चालनले भोजपुरको उत्तरी क्षेत्रका बासिन्दालाई सङ्खुवासभासँग जोडिन तथा दैनिक उपभोग्य वस्तुको ओसारपसार गर्न सहज बनाउँदै आएको छ । यद्यपि, बर्सातका कारण हरेक वर्ष सेवा बन्द हुँदा स्थानीयवासीले समस्या भोग्नुपर्ने भएकाले सतिघाटमा पक्की पुल निर्माणको आवश्यकता कायमै छ । –