२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा

निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा
अ अ+ अ-

नयाँदिल्ली। भारतको युवा नेतृत्वको ‘कक्रोच जनता पार्टी’ (सीजेपी)का दुई नेतालाई निर्वाचन आयोगविरुद्ध प्रदर्शन गरेको आरोपमा बुधबार पाँच दिनका लागि हिरासतमा राखिएको छ।

दिल्ली प्रहरीले ३० वर्षीय आशुतोष राङ्का र २७ वर्षीय सौरभ दासलाई सार्वजनिक शान्ति भङ्ग गर्ने तथा कानुन उल्लङ्घन गर्ने प्रयास गरेको आरोपमा हिरासतमा लिएको जनाएको छ।

उनीहरूले मङ्गलबार दिल्लीस्थित जन्तर मन्तरमा सुरक्षा घेरा नाघेर राष्ट्रिय झण्डा फहराएका थिए। उक्त स्थानमा प्रहरीले केही दिनदेखि प्रदर्शनकारीको भेला हुन रोक लगाएको छ।

सीजेपीका कार्यकर्ता र विपक्षी दलले निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई फाइदा पुग्ने गरी मतदाता नामावलीमा हेरफेर गरेको आरोप लगाउँदै आएका छन्। आयोगले भने अनियमितताको आरोप अस्वीकार गरेको छ।

काङ्ग्रेसका वरिष्ठ नेता राहुल गान्धीले पक्राउ परेका युवाको समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शनका क्रममा राष्ट्रिय झण्डा फहराउनु अपराध नभएको बताउनुभएको छ । उहाँले युवालाई जेल हाल्नु कायरतापूर्णकार्य भएको टिप्पणी गर्नुभएको छ ।

सीजेपीका संस्थापक अभिजित दिपकेले पनि पक्राउ परेका नेताको प्रशंसा गर्नुभएको छ । उनीहरूले परिणामको डर नमानी विरोध प्रदर्शन गरेको उहाँको भनाइ छ।

यसैबीच, मानव अधिकार संस्था ‘ह्युमन राइट्स वाच’ले भारत सरकारलाई शान्तिपूर्ण विरोध प्रदर्शनको अधिकार सम्मान गर्न र निर्वाचनसम्बन्धी चिन्ता सम्बोधन गर्न प्रदर्शनकारीसँग संवाद गर्न आग्रह गरेको छ।

प्रदर्शनका क्रममा प्रहरीले आफूलाई कुटपिट गरेको एक महिला प्रदर्शनकारीले आरोप लगाउनुभएको छ । एएफपीले उहाँको दाबीको तत्काल पुष्टि गर्न सकेको छैन। पत्रकारलाई हिरासतमा लिइएको विरोधमा नयाँ दिल्लीमा पत्रकारले ¥याली निकालेका छन्।

सञ्चारमाध्यमका रिपोर्टअनुसार, गत वर्ष सुरु भएको मतदाता नामावली पुनरावलोकन प्रक्रियामा १३ करोड ३० लाखभन्दा बढी नाम हटाइएका छन् । आलोचकले यसबाट अल्पसङ्ख्यक, विशेषगरी मुस्लिम समुदाय प्रभावित भएको बताएका छन् । निर्वाचन अधिकारीले भने दोहोरिएका, मृत तथा नक्कली विवरण हटाउनु यसको उद्देश्य रहेको बताएका छन्।(रासस/एएफपी)