२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना
अ अ+ अ-

झापा।  झापा उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु पाँच लाख १५ हजार जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले भदौ २० देखि असोज २८ गतेसम्म गरेको आकस्मिक बजार निरीक्षण तथा अनुगमनका क्रममा म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री गर्ने तथा अस्वाभाविक मूल्य लिने व्यवसायीमाथि कारबाही गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बजारमा उपभोक्ताको हितविपरीत हुने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा उपभोक्ताको हितविपरीत हुने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई निरन्तरता दिएका छौँ । म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री गर्ने तथा चाडबाडको मौका छोपी अस्वाभाविक मूल्य लिने व्यवसायीलाई कारबाही गर्छौं । उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि व्यवसायी तथा सरोकारवाला सबै जिम्मेवार हुन आवश्यक छ ।”

प्रजिअ पोखरेलका अनुसार, उक्त अवधिमा जिल्लाका १३४ फर्म तथा व्यवसायको आकस्मिक निरीक्षण तथा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा रु दुई लाख ४० हजार ४४३ बराबरका म्याद गुज्रिएका तथा अखाद्य सामग्री नष्ट गरिएको छ भने एक व्यवसायीलाई सचेत गराइएको छ ।

म्याद गुज्रिएको गाईको दाना बिक्री वितरण गर्ने दास किराना पसल र फेन्सिङ वायर अस्वाभाविक मूल्यमा बिक्री गर्ने शिवम् ट्रेड एन्ड सप्लायर्सलाई जनही रु दुई लाख जरिवाना गरिएको छ ।

त्यसैगरी, अखाद्य अमिलो पदार्थ बिक्री वितरण गर्ने श्रीराम अमिलो भण्डार र आवश्यक इजाजतबिना विदेशी प्याकेजिङ प्रयोग गरी आइसक्रिम बिक्री गर्ने कमल आइस उद्योगलाई जनही रु ५० हजार तथा ओमशान्ति मिष्ठान्न भण्डारलाई रु १५ हजार जरिवाना गरिएको छ । दमक–१ स्थित मुना स्टोर्सलाई भने सचेत गराइएको छ ।

जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि आकस्मिक बजार निरीक्षण तथा अनुगमनलाई निरन्तरता दिने जनाएको छ । कार्यालयले बजारलाई उपभोक्तामैत्री बनाउन व्यवसायी, उपभोक्ता तथा सम्बन्धित सरोकारवालासँग सहकार्यका लागि आग्रहसमेत गरेको छ । रासस