२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन

साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन
अ अ+ अ-

इस्लामाबाद। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध अधिकारप्रति आफ्नो देशको पूर्ण समर्थन रहेको पुनः पुष्टि गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार, सरिफले बुधबार इस्लामाबादमा ‘मक्का रक्षा गठबन्धन’का पहिलो महासचिव नौमान महमुदसँगको भेटमा पाकिस्तान साउदी अरबको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षाका लागि प्रतिबद्ध रहेको बताउनुभएको हो ।

भेटका क्रममा सरिफले महमुदलाई नयाँ जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै ‘मक्का संयुक्त रक्षा सम्झौता’लाई क्षेत्रीय शान्ति, एकता र स्थिरताका लागि ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गर्नुभयो ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा पाकिस्तानले सम्झौताअन्तर्गत साउदी अरबको सार्वभौमिकता र सुरक्षाको रक्षा गर्न दृढतापूर्वक साथ दिने उल्लेख छ । सरिफले साउदी अरबको क्षेत्रीय अखण्डता र सुरक्षाप्रति पाकिस्तानको प्रतिबद्धता अटल रहेको पनि बताउनुभयो ।
भेटमा महासचिव महमुदले सम्झौताको ढाँचाभित्र सदस्य राष्ट्रबीच रक्षा तथा रणनीतिक सहयोग अभिवृद्धि गर्न भइरहेका प्रयासबारे प्रधानमन्त्री सरिफलाई जानकारी गराउनुभएको थियो ।

यसैबीच, यमनको हुथी समूह र साउदी नेतृत्वको गठबन्धनबीच पछिल्ला दिनमा एकअर्काविरुद्ध आक्रमण जारी रहेको समाचारमा उल्लेख छ । अक्टोबर १० मा साउदी राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनलमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको र ३०९ जना घाइते भएको जनाइएको छ ।

साउदी अरब, टर्की र पाकिस्तानले गत अगस्टमा ‘मक्का संयुक्त रक्षा सम्झौता’मा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार, तीनमध्ये कुनै एक देशमाथि सशस्त्र आक्रमण भए त्यसलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमणका रूपमा लिइनेछ । यस व्यवस्थाले तीन देशबीच सामूहिक सुरक्षा र रक्षा सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । (रासस/सिन्ह्वा)