२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण

एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण
अ अ+ अ-

काठमाडौँ। एभीएम टेबलटेनिस क्लबका रसिन महर्जन र इभाना थापाले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपको यु–२१ एकलमा स्वर्णपदक जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज सम्पन्न प्रतियोगिताको यु–२१ ब्वाइज एकलमा रसिन र गल्र्स एकलमा इभानाले स्वर्ण जितेका हुन् ।

यु–२१ ब्वाइज एकलमा नेपाल प्रहरीका गनन्जय दाहाल दोस्रो तथा भिजन टेबलटेनिस क्लबका समिर खत्री र यल टेबलटेनिसका रिजन शाक्य तेस्रो भए ।

यु–२१ गल्र्स एकलमा एभीएमकी वियंका राई दोस्रो तथा सोही क्लबका आस्मा पहरी र साइरा शाक्य तेस्रो भए ।

नेपाल टेबलटेनिस प्रालिद्वारा आयोजित प्रतियोगिताको यु–१७ ब्वाइज एकलमा एभीएमका प्रज्ज्वल भट्टराईले स्वर्ण, यलका रिजन शाक्यले रजत तथा स्ट्याग च्याम्पियन्स टेबलटेनिस क्लबका निश्चल थापा र यलका रिभानमुनि वज्राचार्यले कास्य पदक जितेका छन् । ।

दुईदिने प्रतियोगितामा छ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि यु–१३ र यु–१७ गल्र्स एकलमा साइरा शाक्य तथा यु–१३ ब्वाइज एकलमा रिभानमुनि वज्राचार्यले स्वर्ण जितेका थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठलगायत पदाधिकारीले पुरस्कार प्रदान गर्नुभयो । रासस