२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते

देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते
अ अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा भएका १५ वटा विपद्का घटनामा परी १० जना व्यक्ति घाइते भएका छन् ।

विपद्मा परी घाइते भएकाको स्थानीय स्वास्थ्य केन्द्र र सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ती घटनामा रु २६ लाख ३३ हजार बराबरको भौतिक क्षति भएको छ । त्यस अवधिमा देशका विभिन्न स्थानमा आगलागी, सर्पदंश लगायतका विपद्का घटना भएका हुन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मोरङ, सप्तरी, पाल्पा, सुर्खेत, कालीकोट र कञ्चनपुरमा सर्पदंशका घटना भएका छन् । त्यस्तै मोरङ, धनकुटा, महोत्तरी, काठमाडौँ, कैलाली र कञ्चनपुरमा आगलागीका घटना भएका थिए ।

प्राधिकरणका अनुसार उक्त अवधिमा भएका विपद्का घटनाबाट मानवीय तथा पशुचौपायामा क्षति नभए पनि भौतिक सम्पत्तिमा क्षति पुगेको छ । विपद्बाट भएको क्षतिको विवरण सङ्कलन तथा व्यवस्थापनका लागि सम्बन्धित निकाय सक्रिय रहेको प्राधिकरणले जनाएको छ ।

मौसममा भइरहेको परिवर्तन तथा वर्षाजन्य विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विपद्का समयमा सावधानी अपनाउन र जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नसके जनधनको क्षति कम गर्न सकिने प्राधिकरणले जनाएको छ ।