२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा

मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु

मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु
अ अ+ अ-

बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुराले सेवाप्रवाहलाई सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले इमेलमार्फत आवश्यक कागजात उपलब्ध गराउने व्यवस्था लागू गर्ने भएको छ। यस व्यवस्थाले विशेषगरी दुर्गम क्षेत्रका नागरिकलाई सामान्य प्रशासनिक कामका लागि सदरमुकाम मार्तडीसम्म धाउनुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।

प्रमुख जिल्ला अधिकारी मुक्तिराज रिमालका अनुसार नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था अघि बढाइएको हो। काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रिमालले बाजुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको दोस्रो दिनमै सेवाग्राहीको सहजतालाई प्राथमिकता दिँदै यस्तो निर्णय गरेका हुन्।

जिल्ला प्रशासन कार्यालयले २०८३ असोज २७ गते जारी गरेको सूचनाअनुसार असोज २८ गतेदेखि लागू हुने गरी इमेलमार्फत कागजात उपलब्ध गराउने व्यवस्था गर्न लागिएको हो। यसअन्तर्गत सम्बन्धित व्यक्तिको निवेदन, नागरिकताको छायाप्रति, वडा कार्यालयको सिफारिसलगायत आवश्यक कागजात इमेलमार्फत प्राप्त भएपछि आवश्यक जाँच तथा प्रक्रिया पूरा गरी प्रमाणीकरण गरिएका कागजात सेवाग्राहीलाई इमेलबाटै उपलब्ध गराइनेछ।

विशेषगरी दुर्गम तथा पिछडिएका क्षेत्रका नागरिक, दलित, जनजाति तथा खस आर्य समुदायका सेवाग्राहीलाई लक्षित गरी यो व्यवस्था अघि बढाइएको कार्यालयले जनाएको छ। सामान्य प्रशासनिक सेवा लिनसमेत लामो दूरीको यात्रा गर्नुपर्ने, यातायातमा खर्च गर्नुपर्ने र समय व्यतीत गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने प्रयास गरिएको हो।

नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले सम्बन्धित वडा कार्यालय वा गाउँपालिका तथा नगरपालिकाको कार्यालयमार्फत आवश्यक कागजात जिल्ला प्रशासन कार्यालयको bajuradao99@gmail.com इमेल ठेगानामा पठाउन सक्नेछन्। प्राप्त कागजातको आवश्यक जाँच तथा प्रमाणीकरणपछि सम्बन्धित सेवाग्राहीलाई सोही इमेलमार्फत कागजात उपलब्ध गराइने सूचनामा उल्लेख छ।

भौगोलिक रूपमा विकट बाजुरा जिल्लाका विभिन्न बस्तीबाट सदरमुकाम पुग्न लामो समय र खर्च लाग्ने गरेको छ। सामान्य कागजात प्राप्त गर्नकै लागि सदरमुकाम पुग्नुपर्ने अवस्थाले नागरिकलाई आर्थिक भार थप्नुका साथै समय र श्रमसमेत खर्च गराउँदै आएको छ।

यस्तो अवस्थामा प्रविधिको उपयोगमार्फत प्रशासनिक सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने प्रयासलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यस व्यवस्थाले नागरिकको समय र खर्च बचत गर्नुका साथै सरकारी सेवा प्राप्त गर्ने प्रक्रियालाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्थाबारे सम्बन्धित स्थानीय तह, वडा कार्यालय तथा सेवाग्राहीलाई जानकारी गराउँदै आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ। सरकारी सेवालाई प्रविधिमैत्री, सहज र नागरिकको पहुँचयोग्य बनाउने यो पहल प्रभावकारी रूपमा कार्यान्वयन भए दुर्गम क्षेत्रका बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्नेछन्।