२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानका पूर्व राष्ट्रपतिले साउदी अरबबाट लाखौँ डलर लिएको आरोप



अ+ अ-

एजेन्सी । भ्रष्टाचारको मुद्धा खेपिरहेका सुडानका पूर्व राष्ट्रपति ओमर अल बशीरले साउदी अरबबाट लाखौँ डलर लिएको आरोप लागेको छ । सुडानका एक गुप्तचार अधिकारीले साउदी अरेबियाबाट बशीरले लाखौं डलर लिएको रहस्य खोलेका हुन् । सोमबार भ्रष्टाचारको आरोपको सामना गर्न बशीर अदालतमा उपस्थित भएका थिए ।

महिनौ लामो विरोध प्रदर्शनपछि गत अप्रिलमा बशीरलाई सत्ताच्यूत गरिएको थियो । बशीर झण्डै तीन दशकसम्म लगातार सुडानको सत्तामा थिए । उनका वकिलले भने बशीरमाथि लगाइएका उक्त अभियोग अधारहीन भएको दाबी गरेका छन् ।

गत जुन महिनामा बशीरको निवासबाट अन्न राख्ने बोरामा ठूलो परिमाणको विदेशी रकम फेला परेको दावी अनुसन्धानकर्ताले गरेका छन् । लोकतन्त्र समर्थक र बशीरलाई सत्ताच्युत गरेका सैनिक नेतृत्वबीच छिटै निर्वाचन गराउने एउटा सहमति पत्रमा आइतबार मात्रै हस्ताक्षर भएको थियो । प्रहरी अनुसन्धानकर्ता अहमद अली मोहम्मदका अनुसार बशीरले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानबाट २.५ करोड डलर लिएको छ ।

उनले भनेको छन्, ७५ वर्षीय पूर्व राष्ट्रपति बशीरले साउदी अरेबियाबाट अरु पनि रकम लिएका छन् । बशीरसँग भएको धन अवैध हो भन्नेबारे कुनै ठोस प्रमाण र सूचना नभएको बशीरका वकिलले बताएका छन् । सेतो पहिरन लगाएर टाउकोमा फेटा बाँधेका पूर्व राष्ट्रपति बशीर अदालतको पछाडि गेटमा देखा परेका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बशीरले आफूमाथि लगाइएको अभियोगकोबारेमा कुनै टिप्पणी गरेनन् ।