काठमाडौं । काठमाडौंस्थित सिभिल अस्पतालमा १७ जना चिनियाँ चिकित्सक सम्मिलित टोलीले निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिरहेको छ।
नेपालमा रहेका चिनियाँ नागरिक, नेपाली नागरिक तथा अन्य व्यक्तिलाई लक्षित गरी अक्टोबर ९ र १० (असोज २३ र २४) गते दुई दिनसम्म निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको हो।
चिनियाँ चिकित्सक टोलीले अस्पतालमा आउने सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्शसमेत प्रदान गरिरहेको छ। यस कार्यक्रमले नेपाली नागरिकसहित नेपालमा रहेका चिनियाँ नागरिक तथा अन्य व्यक्तिलाई स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
१७ जना चिकित्सक सहभागी रहेको यस स्वास्थ्य परीक्षण कार्यक्रमले नेपाल र चीनबीचको स्वास्थ्य क्षेत्रको सहकार्य तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास गरिएको छ।
तस्बिरहरु- नेपाल फोटो सर्भिस (NPS)










