काठमाडौँ । प्रहरीले २१ किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, ३७ वर्षीय वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन रहेका छन्।
कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बूढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीले उक्त घरबाट ठोस र अर्धठोस अवस्थामा रहेको २१ किलो सुन बरामद गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले बूढानीलकण्ठको उक्त घर भाडामा लिएर सुन प्रशोधन गर्ने स्थानका रूपमा प्रयोग गर्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








