२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar मन्त्री गिता चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar कोशी प्रदेशसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस News Polar दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत News Polar इन्टर्नको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमतिः हरिजनले तोडे अनशन News Polar पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो News Polar मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा News Polar कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो News Polar सिभिल अस्पतालमा १७ सदस्यीय चिनियाँ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण News Polar यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक News Polar दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन News Polar बाढीपहिरो प्रभावित ६ जिल्लाका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित News Polar चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न सरकारको निर्देशन News Polar कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थपियो News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन

दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन
अ अ+ अ-

काठमाडौं । विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका दीपक भट्टको मानव अधिकार तथा संविधानप्रदत्त मौलिक हक संरक्षणको माग गर्दै उहाँका बुवा चतुर्भुज भट्टले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिनुभएको छ ।

चतुर्भुजले शुक्रबार आयोगको पुल्चोकस्थित कार्यालयमा निवेदन दर्ता गराउँदै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्य छानबिन गर्न र दीपकलाई सिन्धुपाल्चोक कारागारबाट नख्खु कारागारमा फिर्ता ल्याउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन माग गर्नुभएको हो ।

विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा दीपकलाई दोषीका रूपमा चित्रण गर्ने, चरित्रहत्या गर्ने र सामाजिक प्रतिष्ठामा आघात पुर्‍याउने सामग्री प्रकाशित तथा प्रसारित भइरहेको चतुर्भुजको दाबी छ । विशेषगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग फोन सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने विषयमा प्रकाशित समाचारप्रति उहाँले आपत्ति जनाउनुभएको छ ।

विचाराधीन मुद्दामा न्यायिक प्रक्रिया जारी रहेका बेला यस्ता सामग्रीले निष्पक्ष न्याय पाउने अधिकारमा अवरोध पुग्न सक्ने उहाँको भनाइ छ । सञ्चारमाध्यममा प्रकाशित सामग्रीले दीपकलाई अनावश्यक रूपमा विवादमा तानेर बदनाम गर्ने काम भइरहेको पनि उहाँले दाबी गर्नुभएको छ ।

दीपकलाई गत असोज १७ गते नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा स्थानान्तरण गरिएको थियो । सरुवाको आधार, कारण र निर्णय प्रक्रियाबारे आफूलाई जानकारी नगराइएको चतुर्भुजले बताउनुभएको छ ।

दीपकविरुद्धका मुद्दा काठमाडौं जिल्ला अदालत, विशेष अदालत तथा उच्च अदालत पाटनमा विचाराधीन रहेको उल्लेख गर्दै उहाँले मुद्दा दायर नभएको जिल्लाको कारागारमा स्थानान्तरण गर्नुको औचित्यमाथि प्रश्न उठाउनुभएको छ । उक्त सरुवाले विचाराधीन मुद्दाको न्यायिक प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न सक्ने र परिवारको मानसिक पीडा थप बढाएको उहाँको दाबी छ ।

दीपकलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सार्नुको आधार तथा नख्खु कारागारमा रहँदाको आचरणबारे जानकारी माग गर्दै कारागार व्यवस्थापन विभाग र नख्खु कारागारमा समेत निवेदन दिएको तर हालसम्म जानकारी प्राप्त नभएको चतुर्भुजले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेरो छोरा दीपक भट्ट विगत छ महिनादेखि विभिन्न कारागारमा थुनुवाका रूपमा राखिएको छ । उनलाई के कारणले थुनामा राखिएको हो भन्नेबारे अहिलेसम्म कुनै जानकारी दिइएको छैन । बिना कारण एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्दै ल्याइएको छ । अहिले मिडिया ट्रायल गराएर पूर्वप्रधानन्यायाधीशलगायत असम्बन्धित व्यक्तिसँग जोडेर मेरो छोरालाई प्रताडित गर्ने, दुःख दिने र बदनाम गर्ने हिसाबले प्रचार गरिएको छ ।”

आयोगबाट यस विषयमा यथोचित सुनुवाइ हुने, सत्यतथ्य छानबिन गरिने र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइने विश्वासका साथ निवेदन दिएको उहाँले बताउनुभयो ।

चतुर्भुजले कारागारबाट फोन गरेकोलगायतका विषयमा प्रकाशित समाचारबारे प्रेस काउन्सिल नेपालमा समेत निवेदन दिएको जानकारी दिनुभयो । नेपालको संविधान, प्रेस काउन्सिल ऐन, २०४८ तथा पत्रकार आचारसंहिता, २०७३ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।