काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले शुक्रबार बिहानदेखि सुरु भएको मतदानको समय दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरेकोमा थप दुई घण्टा बढाएर साँझ ५ बजेसम्म कायम गरेको जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएका हुन्।
समितिले केन्द्रीय महाधिवेशनका प्रतिनिधि मतदाता तथा सम्बन्धित सबै सरोकारवालालाई समय थप गरिएकोबारे जानकारी गराएको छ।