२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आज  विश्व दृष्टि दिवस News Polar निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ? News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न

कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना
फाइल फोटो
अ अ+ अ-

कास्की। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नजिकिँदो दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लाका विभिन्न सात स्थानमा नागरिक÷यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने तथा बढी भाडा असुली, टिकटमा कालोबजारी, ठगी, चोरी तथा डकैतीलगायतका समस्या हुनसक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न सहायता कक्ष स्थापना गरिएको प्रहरी वरिष्ठ नायब निरीक्षक यामनाथ पनेरुले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरा बसपार्क, बेगनास बसपार्क, तालचोक, छोरेपाटन बरको बोट, पर्यटक बसपार्क, बाग्लुङ बसपार्क र हरिचोकमा उक्त कक्ष स्थापना गरिएको छ ।

सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सूचना उपलब्ध गराउने, यात्राका क्रममा देखिएका समस्या र गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्रहरी वरिष्ठ नायब निरीक्षक पनेरुले बताउनुभयो ।

यात्रु सहायता कक्षको शुभारम्भ गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले सार्वजनिक यातायातमा यात्रुले समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको बताउनुभयो । “चाडपर्वको समयमा कास्कीका विभिन्न स्थानबाट घर फर्किने र भित्रने यात्रुको सङ्ख्या ठूलो हुन्छ । उनीहरुको सुरक्षा र सहज यात्राका लागि प्रहरी परिचालन गरिएको छ । सहायता कक्षमा खटिने प्रहरीले यात्रुलाई आवश्यक सहजीकरण गर्नेछन्,” प्रजिअ गुरुङले भन्नुभयो ।

सहायता कक्षमा यात्रुले आफूलाई परेको समस्या वा गुनासो राख्न सक्नेछन् । सुरक्षामा असर पार्ने कुनै गतिविधि देखिएमा तत्काल जानकारी गराउन प्रहरीले आग्रह गरेको छ । चाडपर्वका बेला यात्रुको चापसँगै सवारीसाधनको आवागमन बढ्ने भएकाले दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरी परिचालन गरिएको कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले बताउनुभयो ।

“क्षमताभन्दा बढी यात्रु राख्ने, तीव्र गतिमा सवारी चलाउने, तोकिएभन्दा बढी भाडा लिने वा अन्य कुनै किसिमको गैरकानुनी गतिविधि भएमा नजिकैको प्रहरी वा सहायता कक्षमा यात्रुले जानकारी गराउन सक्नेछन्,” प्रहरी प्रमुख कार्कीले भन्नुभयो । सहायता कक्षको स्थापनाले यात्रुको गुनासो तत्काल सुन्ने, आवश्यक सूचना उपलब्ध गराउने तथा समस्या परेका यात्रुलाई प्रहरीको पहुँचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चाडपर्वका समयमा घर तथा गन्तव्यतर्फ यात्रा गर्ने सर्वसाधारणले टिकट तथा भाडाका विषयमा सचेत रहन, अपरिचित व्यक्तिले दिएको सामान नलिन तथा आफ्ना साथमा रहेका महत्वपूर्ण कागजात, नगद तथा सामानको सुरक्षा आफैँले गर्न प्रहरीले अनुरोध गरेको छ । रासस