पाँचथर। पाँचथरको फिदिम नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु ४७ लाख ४९ हजार रकम सहयोग गरेको छ ।
फिदिम नगरपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, पुनस्र्थापना तथा राहतका लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट रकम सङ्कलन गरिएको उहाँले बताउनुभयो ।
फिदिम नगरपालिकाले दैवी विपत्तिमा सबै निकायबीच सहकार्य भएमात्रै राहत, उद्धार र पुनस्र्थापना प्रभावकारी हुनसक्ने भन्दै यसका लागि तीन तहका सरकारबीच पनि प्रभावकारी समन्वयको आवश्यकता रहेको जनाएको छ ।
फिदिम नगरपालिकाले भोटेकोशी बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेको छ । रासस








