१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा
अ अ+ अ-

काठमाडौँ। बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ ।

गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ ।

यस्तै, महिला व्यक्तिगत स्ट्रोक प्लेतर्फ तारा कार्कीले नेपालको प्रतिनिधित्व गर्नेछिन्। गल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापामगरले उत्कृष्ट नतिजा ल्याउने प्रतिक्रिया दिनुभएको छ ।

उहाँले खेलाडीले राम्रो अभ्यास पाएकाले नतिजा सकारात्मक आउनेमा विश्वस्त रहेको बताउनुभयो ।

यस्तै, जुडोमा निशा श्रेष्ठ, देवकीमाया श्रेष्ठ, विशेष विक र विकास विकले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

निशाले महिला ४८ केजीमुनि, देवकीमायाले ५२ केजीमुनि तथा विशेषले पुरुष ६६ र विकासले ६० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

कनोइङ स्लालमको पुरुष कायक एकलमा विजय माझी र आशिष रानामगर सेमिफाइनलमा पुगेका छन् ।

मङ्गलबार भएको हिट चरणमा विजयले २०२.०६ सेकेन्ड र आशिषले २११.८६ सेकेन्डको समय निकाल्दै क्रमशः १५औँ र १६औँ स्थान हासिल गरेका थिए ।

जारी संस्करणको एसियाली खेलकुदमा नेपालबाट विभिन्न विधामा १३५ जना खेलाडी सहभागी भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । रासस