११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह
अ अ+ अ-

लमजुङ। मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र त्यसका कारण मर्स्याङ्दी नदीमा जुनसुकै बेला ठूलो बाढी आउनसक्ने जोखिम भएपछि लमजुङतर्फ नदी आसपासका बस्तीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आज साँझदेखि प्रहरीले माइकिङ गर्न थालेको छ ।

लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार साँझ करिब ७ः०० बजेदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी मस्र्याङ्दी नदी आसपासका बस्तीमा माइकिङ गर्ने काम भइरहेको छ ।

खुदी, भकुण्डे, पाउदीलगायत नदी आसपासका बस्तीका स्थानीयवासीलाई घरमा नबस्न तथा सुरक्षित स्थानमा सर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

प्रजिअ खनालका अनुसार अहिले मस्र्याङ्दी नदीको पानीको बहाव केही कम भए पनि मनाङतर्फ घट्टे खोलामा पहिरो झर्नेक्रम जारी छ । पहिरोका कारण खोला थुनिएर एक्कासी ठूलो बाढी आएमा नदी आसपासका बस्तीमा क्षति हुनसक्ने उच्च जोखिम रहेकाले सावधानी अपनाइएको हो ।

“अहिले पानीको बहाव केही कम भएको छ । तर माथिल्लो क्षेत्रमा घट्टे खोलामा पहिरो झरिरहेको छ । कुनै पनि बेला खोला थुनिन सक्छ र थुनिएर ठूलो बाढी आएमा नदी आसपासका बस्तीमा क्षति हुनसक्ने उच्च जोखिम छ”, प्रजिअ खनालले भन्नुभयो । उहाँका अनुसार पाउदीलगायत केही स्थानमा यसअघि नै बाढीको प्रभाव देखिएको छ । तत्काल ठूलो समस्या नदेखिए पनि घट्टेखोला थुनिएर पानी एक्कासी आएमा जोखिम अझ बढ्नसक्ने भएकाले नदी आसपासका बस्तीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

यसैगरी, जोखिमलाई ध्यानमा राख्दै ७० मेगावाटको मध्य मस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनालाई गेट खोलेर पानी निकास गर्न र विद्युत् उत्पादन बन्द गर्न आग्रह गरिएको प्रजिअ खनालले बताउनुभयो । सोहीअनुसार पानीको निकास भइरहेको छ”, उहाँले भन्नुभयो ।

विभिन्न निर्माणाधीन आयोजनामा रहेकालाई आयोजना छाडेर अन्यत्र बस्न लगाइएको उहाँले बताउनुभयो । नदी आसपासका बस्तीका स्थानीयवासीलाई नदी किनार तथा आसपासका क्षेत्रमा नजान र सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ । रासस