११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु

जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु
अ अ+ अ-

फ्रान्कफर्ट। दक्षिण जर्मनीमा ‘अक्टोबरफेस्ट’  बियर महोत्सवका लागि पर्यटक बोकेर म्युनिखतर्फ जाँदै गरेको बस राजमार्गमा दुर्घटनाग्रस्त हुँदा दुई फिलिपिनी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ४ बजे भएको दुर्घटनामा अन्य आठ जना गम्भीर घाइते भएका छन् । अपर बभेरिया प्रहरी कार्यालयकी एक प्रवक्ताले एएफपीलाई बताएअनुसार, ट्राभल कम्पनीले भाडामा लिएको उक्त बसमा म्युनिखमा आयोजना हुने अक्टोबरफेस्टमा सहभागी हुन करिब ५० जना फिलिपिनी पर्यटक सवार थिए ।

प्रारम्भिक अनुसन्धानअनुसार, अस्ट्रियाको सीमाना नजिकैको बुक्लो क्षेत्रबाट गुज्रिरहेको बेला बस सडकबाट बाहिरिएर पल्टिएको थियो । बस इटालीको मिलान सहरबाट छुटेको थियो । दुर्घटनापछि ठूलो सङ्ख्यामा आपत्कालीन उद्धार टोली परिचालन गरिएको थियो । उद्धार तथा अनुसन्धानका लागि राजमार्गको दुवैतर्फको आवागमन केही समय बन्द गरिएको प्रहरीले जनाएको छ । (रासस/एएफपी)