१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला

काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला
अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोईरालाले पार्टीको आसन्न १५ औं महाधिवेशन केवल नेतृत्व चयनको औपचारिकता मात्र नभई काँग्रेसको भविष्यको दिशा तय गर्ने ऐतिहासिक परीक्षा भएको बताउनुभएको छ ।

शनिवार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा इतर पक्षद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीको विचार र इतिहास गौरवमय रहेकाले आन्तरिक एकता कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो ।

कोईरालाले पार्टीको महाधिवेशनलाई अत्यन्त गम्भीरतापूर्वक लिएर नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताउनु भयो । नेता कोईरालाले महाधिवेशन कुनै चानचुने प्रक्रिया नभई समग्र पार्टी र देशको भविष्य निर्माण गर्ने मार्गदर्शक चरण भएको उल्लेख गर्नुभयो । कोईरालाले काँग्रेस लामो इतिहास बोकेको अनुभवी पार्टी भएको स्मरण गराउनु भयो ।

उहाँले पार्टीको समृद्ध इतिहास र वैचारिक जगले नै आगामी दिनमा थप शक्ति र गतिशीलता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । डा. कोईरालाले महाधिवेशनलाई सफल बनाउन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूको सामूहिक सहभागिता र सहयोग अपरिहार्य रहेको बताउनु भयो । पार्टीभित्रका आन्तरिक मतभेदहरूलाई थाँती राखेर सबै पक्ष सँगसँगै अघि बढ्नुपर्ने खाँचो औंल्याउँदै उहाँले यस महाधिवेशनलाई आन्तरिक लोकतन्त्र सुदृढीकरणको परीक्षाका रूपमा लिन आग्रह गर्नुभयो ।

नेता कोईरालाले भन्नुभयो, ‘यहाँहरू सबैले गर्नुभएको सहयोगका लागि हार्दिक धन्यवाद दिन चाहन्छु । अधिवेशन हाम्रो लागि एउटा परीक्षाको समय पनि हो । अधिवेशन चानचुने कुरा होइन, यसका लागि धेरै काम र मेहनत गर्नुपर्छ । यसमा खटिनुभएका सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु । हाम्रो अधिवेशनले भविष्यको बाटो देखाउने भएकाले यो अत्यन्त महत्त्वपूर्ण छ । त्यसैले हामीले यसलाई गम्भीरतापूर्वक अघि बढाइरहेका छौँ । सबै साथीहरूको साथ र सहयोग लिएर सँगै अगाडि बढ्न चाहन्छौँ । नेपाली काँग्रेस पुरानो र बलियो विचार बोकेको पार्टी हो । पुरानो भन्नाले फाटेको होइन, बरु नयाँ जोश र ऊर्जाका साथ अगाडि बढ्ने पार्टी हो । यही अधिवेशनले हामीलाई थप शक्ति र ऊर्जा प्रदान गर्नेछ । त्यसैले अधिवेशन सफल बनाउन यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछु ।’

अधिवेशनको तयारीमा खटिएका कार्यकर्ता तथा शुभेच्छुकहरूको योगदानको प्रशंसा गर्दै उहाँले सबैको साझा प्रयासबाट मात्र पार्टीले स्पष्ट भविष्यको बाटो पहिल्याउन सक्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल