१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने
अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने भएको छ ।

शनिवार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका नेता डा. प्रकाशशरण महतले मंसिरको २१, २२ र २३ गते पार्टीको महाधिवेशन गर्न लागिएको जानकारी दिनुभएको हो ।

उहाँले त्यसको तयारीका लागि असोजको १५ गतेबाट वडा अधिवेशन शुरु हुने जानकारी दिनुभयो । एकताको महाधिवेशनका लागि प्रयास गरे पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो ।

पछिल्ला दिनमा भएको व्यापक वर्षाका कारण केही काममा ढिलाइ भएपनि केन्द्रिय कार्यालयबाट गर्नुपर्ने तयारी अघि बढिरहेको बताउनु भयो ।

सम्भव भएसम्म स्थानीय वकिल, पूर्वशिक्षक तथा निर्वाचन सम्पन्न गर्ने अनुभव भएका व्यक्तिहरूको सहयोग लिएर अधिवेशन छिटोछरितो रूपमा सम्पन्न गर्ने जानकारी दिनुभयो ।

नवीकरण भएका तथा नयाँ प्राप्त क्रियाशील सदस्यहरूको सूची अनलाइनमार्फत जिल्ला हुँदै वडासम्म पठाइन र छुटेका व्यक्तिहरूले पनि आवश्यक प्रक्रिया पूरा गरी आश्विन १५ गतेभित्र क्रियाशील सदस्यता प्राप्त गर्ने व्यवस्था गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आश्विन १५ गतेबाट वडा अधिवेशन शुरु हुन्छ । केन्द्रिय महाधिवेशन मङ्सिर २१, २२ र २३ गते सम्पन्न गर्ने तयारी छ । हामीले एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौँ । त्यसका लागि सबै ढोका खुला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको छ । त्यसैले अहिले आपतकालीन मोडमा तयारी अघि बढाइएको छ । पछिल्ला दिनमा भएको व्यापक वर्षाका कारण केही काममा ढिलाइ भएपनि केन्द्रिय कार्यालयबाट गर्नुपर्ने तयारी अघि बढिरहेको छ । पार्टीका साथीहरूमा सक्रिय सदस्यता, निर्वाचन अधिकृत तथा अधिवेशनसम्बन्धी स्वाभाविक जिज्ञासा छन् । निर्वाचन समितिमार्फत निर्वाचन अधिकृतहरू अब एक–दुई दिनमै जिल्लामा पुग्नुहुनेछ । सम्भव भएसम्म स्थानीय वकिल, पूर्वशिक्षक तथा निर्वाचन सम्पन्न गर्ने अनुभव भएका व्यक्तिहरूको सहयोग लिएर अधिवेशन छिटोछरितो रूपमा सम्पन्न गरिनेछ । नवीकरण भएका तथा नयाँ प्राप्त क्रियाशील सदस्यहरूको सूची अनलाइनमार्फत जिल्ला हुँदै वडासम्म पठाइनेछ । छुटेका व्यक्तिहरूले पनि आवश्यक प्रक्रिया पूरा गरी आश्विन १५ गतेभित्र क्रियाशील सदस्यता प्राप्त गर्ने व्यवस्था गरिनेछ । वर्षाका कारण कुनै वडामा आश्विन १५ गते अधिवेशन सम्पन्न हुन नसकेमा सम्बन्धित निर्वाचन अधिकृतले जिल्ला संयोजन समिति र जिल्ला समितिसँगको सल्लाहमा आवश्यक निर्णय गर्नेछन्। त्यस्ता वडामा स्थानीय परिस्थितिअनुसार आश्विन १६ वा १७ गतेसम्म अधिवेशन सम्पन्न गर्न सकिनेछ ।’

नेता महतले वर्षाका कारण कुनै वडामा आश्विन १५ गते अधिवेशन सम्पन्न हुन नसकेमा सम्बन्धित निर्वाचन अधिकृतले जिल्ला संयोजन समिति र जिल्ला समितिसँगको सल्लाहमा आवश्यक निर्णय गर्ने बताउनु भयो । त्यस्ता वडामा स्थानीय परिस्थितिअनुसार आश्विन १६ वा १७ गतेसम्म अधिवेशन सम्पन्न गर्न सकिने जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल