१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण

बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण
अ अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा) निकटको आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामाग्री वितरण गरेको छ ।

नुवाकोटको विदुरमा रहेका भोटेकोशी बाढीपीडितलाई मोर्चाले ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामाग्री वितरण गरेको हो । हाम्रो मोर्चाको नेता एवं गुजरा नगरपालिका-५ को वड़ाध्यक्ष शेख जमालूदीनको अगुवाईमा सयौं पीडित परिवारलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामाग्री वितरण गरेको मोर्चाका केन्द्रीय अध्यक्ष लालबाबु मन्सुरीले जनाएका छन् ।

रौतहटको गुजरा नगरपालिका वडा नं. ५ का निर्वाचित वडाध्यक्ष शेख जमालुदिनको नेतृत्वमा, मुस्लिम अगुवा समाजसेवी फारूक सेठ र शेख इर्शादको सहयोगमा सो राहत सामाग्री वितरण गरिएको हो मन्सुरीले बताए ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहट क्षेत्र न.-३ मा ग्यास चुल्हो तथा सिलिन्डर वितरण शुरू गरेका थिए । सोही कार्यबाट प्रभावित भई मोर्चाले पीड़ितको माग अनुसार यस्तो राहत सामाग्री उपलब्ध गराएको हो ।