१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने

पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने
अ अ+ अ-

काठमाडौँ। नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गएपनि पश्चिम नेपालतर्फ भने प्रभाव कायमै रहेको छ ।

मौसम विज्ञान विभागकाअनुसार आईतवारसम्म पश्चिम नेपालमा भारी वर्षाको सम्भावना कायम नै रहेको छ । पश्चिमी भूभागतर्फ भारी वर्षाको सम्भावना रहेकाले मौसमविद्ले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन् ।

नेपाल मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेकाअनुसार पछिल्लो समय गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ती प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको उहाँले बताउनु भयो । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा तराई र खोँच क्षेत्रमा बाढीको जोखिम बढेको छ । भारतको उत्तर प्रदेश तथा आसपासमा रहेको न्युन चापीय प्रणाली विस्तारै नेपालतर्फ सर्दै गएको उहाँले बताउनु भयो । यसको प्रभाव विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी पर्ने उहाँको भनाई छ ।

उहाँकाअनुसार आईतवार दिउँसोसम्म वागमतीको पश्चिमी भूभाग, मधेशको पश्चिमी भू–भाग तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षा हुनसक्ने उहाँले बताउनु भयो । पूर्वी नेपालतर्फ भने मौसम क्रमशः सुधार हुँदै गएको उहाँको भनाई छ । केही स्थानमा भने हल्कादेखि मध्यम वर्षा हुने उहाँले बताउनु भयो । लगातारको वर्षाका कारण कमजोर पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च रहेकोले अनावश्यक यात्रा नगर्न उहाँले आग्रह गर्नुभयो । अत्यावश्यक यात्रा गर्नुपरेमा प्रहरीसँग सम्पर्क गरी बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न उहाँको सुझाव छ ।

उहाँले भन्नुभयो, ‘अहिले न्युन चापीय प्रणाली भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रहरूतिर अवस्थित रहेको छ । त्यो विस्तारै नेपालको नजिक नजिक आउने, तर कमजोर रूपमा आउने भएतापनि पश्चिमी भूभागहरू गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको क्षेत्रहरूमा यसले प्रभाव बढी पार्ने देखिन्छ । भोलि दिउँसोसम्मको लागि यसको प्रभाव बागमतीदेखि पश्चिमको भूभागहरू, बागमती प्रदेशको पनि पश्चिमी भूभागहरू, मधेस प्रदेशको पनि पश्चिमी भूभागहरू र गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको सबैजसो भूभागहरूमा यसको प्रभाव देखिनेछ । धेरैजसो ठाउँमा मध्यम वर्षा र केही ठाउँहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । विगतमा भएको वर्षा र अब हुने वर्षाको कारणले पहाडी भूभागहरू, कमजोर पहाडी क्षेत्रहरूमा पहिरोको जोखिम एकदमै धेरै रहेको छ । सडक यातायातमा पनि यसले प्रभाव पार्ने अवस्था देखिन्छ । त्यो कारणले गर्दाखेरि सर्वसाधारणहरूले भोलिसम्मको लागि यात्राको योजना नबनाउनु होला । यदि अति आवश्यक अवस्था छ भने प्रहरीसँग सम्पर्कमा रहेर बाटोको अवस्था कस्तो छ, बुझेर मात्र यात्रा गर्नुहोला । किसान सर्वसाधारणहरूले धान नकाट्नुहोला । मौसमको अवस्था बुझेर मात्र आगामी दिनमा मौसम खुलेपछि त्यसको योजना बनाउनुहोला । अहिले नेपालको पूर्वी भूभागबाट चाहीँ विस्तारै अलि क्रमिक रूपमा सुधार हुँदै गइरहेको अवस्था छ । र केही ठाउँहरूमा मात्र हल्कादेखि मध्यम पानी परेको छ भने पश्चिमी भूभागहरूमा भोलि दिउँसोसम्मको लागि यसको प्रभाव देखिन्छ । त्यो क्षेत्रमा बढी प्रभाव हुने अवस्था भएको हुनाले सबैले सावधानी र सतर्कता अपनाउनुपर्ने देखिन्छ । विशेषगरी पश्चिमी क्षेत्रहरूमा लगातार यी ३–४ दिनदेखि परिरहेको पानी अझ थप पानी पर्न सक्ने सम्भावना भोलिसम्मको लागि रहेको हुनाले त्यो क्षेत्रहरू बढी जोखिम हुनेछ । पर्सी सोमबारबाट चाहीँ देशभरिनै मौसम सुधार हुने देखिन्छ । त्यसपछाडि आफ्नो कार्यहरू गर्ने योजना बनाउने हुन अनुरोध गर्दछु ।’

लामिछानेकाअनुसार सोमवारदेखि भने देशभर मौसममा सुधार आउने सम्भावना छ । त्यसपछि मात्रै नियमित काम तथा कृषि गतिविधिको योजना बनाउन उहाँले आग्रह गर्नुभयो । –न्युज ऐजन्सी नेपाल