१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा गोरु ब्यायो, पाँच ओटा बाछा पायो– ओली



अ+ अ-

पोखरा । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा अपत्यारिलो ढंगबाट गोरु ब्याएको टिप्पणी गर्नुभएको छ । 

शुक्रवार पोखरामा आयोजित प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बाधेन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो। उहाँले सर्वोच्च अदालतमा अहिले गोरु ब्याएको मात्र नभइ पाँच वटा गठबन्धनरुपी बाच्छा पाएको बताउनु भयो । अध्यक्ष ओलीले अहिले संविधान, जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडिरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘संविधानको मजाक उडाइएको छ । जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडाइएको छ । सेटिङमा सबै काम भइरहेको छ । लोकतन्त्रको पक्षमा होइन । सेटिङमा सबै काम भइरहेको छ । एकजना न्यायाधीशले अमेरिकाबाट इमले लेख्छन्– केपी ओलीको सरकार नढाली भएको थिएन,त्यसैले संविधान बाहिर गएर फैसला लेख्नुपरेको हो । ती न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ? खासमा त्यो इमेलले वर्गीय दुराग्रह झल्काउँछ । एउटा जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेर नभएको अधिकार अदालतले दुनियाँमा कहीँ सरकार बनाउने र परिवर्तन गर्ने गर्दैन । एक जनाले गोरु ब्याउँदैन भन्थे, नेपालको संविधानमा ब्यायो । उहिले भनेका थिए २०५२ सालमा । अहिले गोरु ब्यायो मात्रै होइन, ५ वटा बाच्छा पायो । जुन गठबन्धन भनिन्छ नि ।’

अध्यक्ष ओलीले अहिले नेपालका राजनीतिक शक्तिहरु दुई धारमा बाँडिएको बताउनु भयो । उहाँले राजनीतिक शक्तिहरु एउटा लोकतन्त्रको पक्षमा र अर्को जालीझेली षड्यन्त्रमा लागि परेको बताउनु भयो । अध्यक्ष ओलीले देशको अर्थतन्त्र ध्वस्त भइरहेको पनि बताउनु भयो । उहाँले अहिले भइरहेका जालझेललाई आगामी निर्वाचनबाट ध्वस्त बनाइने पनि दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘राजनीतिक शक्तिहरु दुई धारमा बाँडिएका छन् । एउटा लोकतन्त्रको पक्षमा अर्को जालझेल षड्यन्त्र, मुद्दा मामिला त्यसको पक्षमा । जाली फटाहा राजनीति एउटा, जनाधार पार्टी अर्को । राष्ट्र निर्माणको राजनीति एउटा, बिगार्ने राजनीति अर्को । देशको अर्थतन्त्र कस्तो हुँदैछ ? ध्वस्त हुँदैछ, देशको अर्थतन्त्र । हामीले दृढतापूर्वक देशको राजनीति बिग्रिन नदिन, कति बलिदान दिने, कति रगत बगाउने ? अब बलिदान दिने होइन, हामी बलिदान नदिकनका संघर्ष र निर्वाचनका माध्यमबाट नै अघि बढ्नुपर्छ । हामी सडकमा गइरहन आवश्यक छैन । हामी निर्वाचनबाट नै तह लगाउन सक्छौँ । गलत कुरा जनतालाई बताउने षड्यन्त्र भइरहेका छन् । तिनलाई चिर्ने काम गर्नुपर्छ ।’

अध्यक्ष ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएका बेला जंगे बनेका पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल अहिले बुंगे भएको टिप्पणी गर्नुभयो । उहाँलेसरकार ढालेँ भन्नेहरु अहिले अहिले ढोका बाहिर कसैले प्रसाद दिन्छन् कि भनेर बसिरहेको पनि बताउनु भयो । नयाँ नेतृत्व चयनका लागि प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा शुरु  भएको छ ।