८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

तनहुँमा ११ हजार एक सय ३४ उद्योग

तनहुँमा ११ हजार एक सय ३४ उद्योग
अ+ अ-

तनहुँ। तनहुँमा हालसम्म ११ हजार १३४ उद्योग दर्ता भएका छन् ।

एकीकृत सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ सम्म जिल्लामा रहेका उद्योगमध्ये गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिएका छन् ।

एकीकृत सेवा कार्यालयका सहायक प्रशासकीय अधिकृत सूर्यबहादुर थापाका अनुसार जिल्लामा रहेका उद्योगमध्ये सबैभन्दा बढी घरेलु उद्योग छन् । उहाँका अनुसार हाल तनहुँमा सात हजार ३२९ घरेलु, तीन हजार ६५० साना, १४९ लघु र एउटा मझौला उद्योग सञ्चालनमा छन् ।

नयाँ उद्योग थपिने क्रमसँगै सञ्चालनमा रहेका उद्योग तथा व्यवसाय खारेज हुने क्रम पनि देखिएको छ । थापाका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा मात्रै उद्योगतर्फ २५० र वाणिज्यतर्फ २३४ गरी ४८४ फर्म तथा उद्योग खारेजीमा परेका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार नयाँ उद्योग दर्ता र पुराना उद्योग खारेजी दुवै प्रक्रिया जिल्लाको औद्योगिक तथा व्यावसायिक गतिविधिको नियमित हिस्सा बनेका छन् । एकातर्फ नयाँ उद्यमी थपिँदै जाँदा अर्कोतर्फ विभिन्न कारणले उद्योग तथा व्यवसाय बन्द गर्ने क्रम देखिएको हो ।

सहायक प्रशासकीय अधिकृत थापाका अनुसार उद्योग दर्ता, नवीकरण, नामसारी तथा खारेजीलगायतका सेवा कार्यालयबाट प्रदान हुँदै आएका छन् । पछिल्लो तथ्याङ्कले तनहुँमा साना तथा घरेलु उद्यममा आधारित आर्थिक गतिविधिको हिस्सा ठूलो रहेको देखाएको छ ।

गत आर्थिक वर्षमा थपिएका ३४३ वटा उद्योग साना उद्योग हुनुले जिल्लामा ठूलो लगानीका उद्योगभन्दा सानो पुँजीमा सञ्चालन गर्न सकिने उद्यमतर्फ आकर्षण बढी रहेको देखिन्छ । यस्ता उद्योगले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै उत्पादन तथा सेवा क्षेत्रमा योगदान पु¥याउने गरेको उहाँको भनाइ छ ।  रासस