जनकपुरधाम। मधेस प्रदेश सरकारले नेपाल प्रहरीलाई ३५ थान मोटरसाइकल प्रदान गरेको छ ।
मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले नेपाल प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण गर्नुभयो ।
शान्ति सुरक्षा, विपद् व्यवस्थापन र नागरिकसँगको पहुँच बढाउन मधेस प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुका लागि मन्त्री महतोले गाडीको साँचो हस्तान्तरण गर्नुभयो ।
नागरिकको सुरक्षाका लागि दिनरात खटिरहने सुरक्षा निकायलाई सवारीसाधनको अभावमा नियमित गस्ती गर्न समस्या भइरहेकाले मन्त्रालयबाट खरिद गरी सवारीसाधन हस्तान्तरण गरिएको मन्त्री महतोले बताउनुभयो ।
केही दिनभित्रै सशस्त्र प्रहरी बललाई समेत मोटरसाइकल उपलब्ध गराउने उहाँले बताउनुभयो । रासस








