७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले

आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले
अ+ अ-

काठमाडौँ। प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री डा वाग्लेले मुलुकको आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य रहेको र यसमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा महासङ्घका तर्फबाट लघु, घरेलु तथा साना उद्योगको विकासका लागि नीतिगत सुधारको माग राख्दै आगामी १० वर्षलाई ‘लघु, घरेलु तथा साना उद्योग विकास दशक’ घोषणा गर्नुपर्ने, सहुलियतपूर्ण तथा बिना धितो कर्जा उपलब्ध गराउनुपर्ने र नयाँ उद्योगलाई कर सहुलियत दिनुपर्ने सुझाव दिइएको छ ।

त्यस्तै, सार्वजनिक खरिदमा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादनलाई प्राथमिकता, ‘मेड इन नेपाल’ अभियान, निर्यात सहजीकरण तथा आधुनिक प्रविधि भित्र्याउन सरकारी अनुदानको व्यवस्था गर्न महासङ्घले माग गरेको महासङ्घकी अध्यक्ष शोभा गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार महासङ्घले महिला तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि विशेष उद्यमशीलता प्याकेज, ‘१०० स्टार्टअप–१०० इन्भेष्टर’ कार्यक्रम तथा उद्योगसम्बन्धी सरकारी सेवा छिटोछरितो बनाउन ‘फास्ट–ट्रयाक इन्डष्ट्रियल सर्भिस’ लागू गर्न पनि प्रस्ताव गरेको छ । सरकार, निजी क्षेत्र र सरोकारवालाबीच सहकार्यबाट उत्पादन, रोजगारी र निर्यात बढाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने महासङ्घले जनाएको छ ।

बाढीपीडितलाई महासङ्घको सहयोग
सो अवसरमा महासङ्घले बाढी प्रभावित परिवारहरूको राहतका लागि रु पाँच लाख ५५ हजार ५५५ सहयोग गरेको छ । उक्त सहयोग रकम कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा वाग्लेलाई अध्यक्ष गुरुङले हस्तान्तरण गर्नुभयो । सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

महासङ्घकी अध्यक्ष गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा महासङ्घका सल्लाहकार वासु गिरी, वरिष्ठ उपाध्यक्ष डम्बरप्रसाद रेग्मी, उपाध्यक्षहरू हरिहर थापा, मोहन कटुवाल, सत्यनारायण प्रजापति, जानकी प्रधान, गुणराज ढकाल, महिला उद्यमी समितिकी अध्यक्ष रीता अवाल, महासचिव विनोददेव पन्त, कोषाध्यक्ष वीरेन्द्र जत्तिलगायत सहभागी हुनुहुन्थ्यो । रासस