१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्तीमा आन्दोलन चर्काउँदै नेकपा



अ+ अ-

दाङ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्यक्ष रूपमा दलगत राजनीति सुरु भएको छ । उपकुलपति डा. संगीता भण्डारीको राजीनामा माग्दै सुरु भएको आन्दोलनको पक्षमा नेकपा उभिएको छ भने कांग्रेस विपक्षमा ।

प्रतिष्ठान बचाऔं अभियानले भण्डारीको राजीनामाको मागसहित आन्दोलन गरिरहेको छ । नेकपाले प्रेस विज्ञप्ति जारी गरी आन्दोलनको समर्थन गरेको छ । जिल्ला अध्यक्ष टीकाराम खड्का र सचिव तुलसीराम पुनले जारी गरेको विज्ञप्तिमा राजीनामा दिएर मार्गप्रशस्त गर्न भण्डारीलाई आग्रह गरिएको छ । आन्दोलनका पक्षमा लाग्न सबैलाई आह्वान पनि गरिएको छ । प्रतिष्ठानको आधारभूत स्वास्थ्य सेवा प्रभावकारी बनाउन नसकेको, ११ डाक्टर र २८ कर्मचारीलाई अपमानजनक तरिकाले बर्खास्त गरिएको, पदाधिकारी र चिकित्सकसँग समन्वय गरी काम गर्नुपर्नेमा अनावश्यक जुहारी खेलेको जस्ता कारणले भण्डारी पदमा बस्न योग्य नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी कांग्रेसले विज्ञप्ति जारी गरी उपकुलपति भण्डारीलाई बजेट नदिई असहयोग गर्ने, स्थानीयस्तरमा काममा अवरोध गर्न विभिन्न बहानामा आन्दोलन गर्ने, छानबिनका नाममा पदाधिकारीलाई हतोत्साहित गर्ने र उपकुलपतिको राजीनामा माग गर्ने काम सत्तापक्षबाट भएको भन्दै यसको भर्त्सना गरेको छ । जिल्ला सभापति कीर्तिबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा प्रतिष्ठान बचाऔं अभियानका नाममा रजिस्ट्रार रामप्रसाद प्याकुरेलमाथि भएको दुर्व्यवहारको निन्दा गरिएको छ । अभियानका नाममा भएका कुनै पनि आन्दोलनमा सरिक नहुन कांग्रेसले सबै भ्रातृ संगठनलाई निर्देशन गरेको छ ।

अभियानले उपकुलपतिको राजीनामाको मागसहित दिनहुँ विभिन्न आन्दोलनका कार्यक्रम गरिरहेको छ । नेकपा निकट भ्रातृ संगठनहरूले पनि प्रदर्शन गरिरहेका छन् । कांग्रेसनिकट युवा संघले उपकुलपतिको पक्षमा प्रदर्शन गरेको छ । मुख्य राजनीतिक दल प्रतिष्ठानको पक्ष, विपक्षमा उभिएपछि समस्या झन् गम्भीर बन्दै गएको छ । अस्पतालमा कार्यरत २३ डाक्टरले काम गर्ने वातावरण बनाइदिन या राजीनामा स्वीकृत गर्न आइतबार उपकुलपति भण्डारीलाई २४ घन्टे अल्टिमेटम दिएका थिए ।

आठबुँदे मागपत्र पेस गर्दै उनीहरूले माग पूरा नहुँदासम्म इमर्जेन्सीबाहेकका स्वास्थ्य सेवा दिन नसक्ने बताएका छन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै