३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु

१५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

१५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
अ+ अ-

जनकपुरधाम । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मधेशको ‘मेरुदण्ड’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिराहालाई जोड्ने कमला नदीको पुल अबको दुई महिनाभित्र औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण अघि बढाइएको हो ।

पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि रोकिएको आयोजनाको मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेपछि बाँकी कामले गति लिएको हो । ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादका कारण पुल निर्माण लामो समयदेखि रुग्ण अवस्थामा रहेको थियो ।

पुल निर्माणका क्रममा नदीमा भाँचिएको दशौँ नम्बरको पिलर उठाउने काम सम्पन्न भइसकेको छ । सब–स्ट्रक्चरको ढलान कार्यसमेत सकिएको मन्त्रालयले जनाएको छ । पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरणको काम पनि पूरा भएको छ ।

अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी रहेको छ । आगामी हप्ता नदीमा पानीको सतह घटेपछि उक्त कामसमेत सम्पन्न गर्ने तयारी छ ।

धनुषातर्फ पुलसम्म पुग्ने पहुँच सडकका लागि माटो भर्ने काम भए पनि वर्षाको पानीले बगाउँदा क्षति पुगेको छ । नदीमा पानीको सतह घटेपछि पुनः माटो भर्ने काम गरिनेछ । सिराहातर्फको पहुँच सडकमा भने माटो भर्ने काम सम्पन्न भइसकेको छ । पुलको लोड परीक्षणसमेत सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।

२०६८ सालमा पप्पु लुम्बिनी जेभीले कमला नदी पुल निर्माणको ठेक्का लिएको थियो । निर्माण सम्पन्न गरी २०७८ साल असारमा पुल उद्घाटन गर्ने तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना रुग्ण अवस्थामा पुगेको थियो ।

सरकारले आयोजनामा भइरहेको ढिलाइको मुख्य कारण पहिचान गरी आवश्यक सहजीकरण गरेपछि निर्माणले गति लिएको हो । मन्त्रालयले अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाएको जनाएको छ ।

यसैबीच, मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणको कामसमेत अघि बढाएको छ । नदी नियन्त्रणका लागि सरकारले २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ । डिजाइन स्वीकृत गरी आह्वान गरिएको बोलपत्रमा संयुक्त उपक्रमसहित १९ वटा कम्पनीले सहभागिता जनाएका छन् ।

मन्त्रालयले आगामी हप्तासम्म प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गर्ने तयारी गरेको छ ।