१ आश्विन २०८३, बिहीबार
,
Latest
रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहतका कमिटीलाई निर्देशन जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?: सांसद बराल भोटेकोशी बाढी : संसदीय विशेष समिति गठनमा जुटेन सहमति अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ: डा. शेखर कोइराला भ्रष्टाचार नियन्त्रणमा अख्तियारले संवैधानिक दायित्व प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै



अ+ अ-

काठमाडाैँ । आज डोटीमा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार बालबालिकालाई विषालु दूध खुवाएर मार्ने प्रयास गर्ने राक्षसी ‘पुतना’ लाई भगवान् श्रीकृष्णले वध गरको खुसीयालीमा डोटी जिल्लामा यो पर्व मनाउने चलन छ ।

पौराणिक किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले पुतनाको ‘बध’ गरेपछि सत्यको विजयको स्मरणार्थ यसपर्वको सुरुआत भएको हो । प्रत्येक वर्ष असोज १ गते मनाइने यो पर्व स्थानीय मौलिक संस्कृति र परम्परासँग जोडिएको छ । साथै सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा पनि आज परम्परागत ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ ।

भाद्र सङ्क्रान्तिदेखि सङ्कलन गरेर राखिएका काठ, हाँगा तथा झ्याङलगायत सामग्रीबाट बनाइएको ‘बुढी’ को प्रतीकलाई साँझपख सामूहिक रुपमा आज असोज १ गते बुढी पोलिने र सोही ठाउँमा काँक्रो खाँदै चारै दिशातर्फ लुतो फाल्ने प्रचलन छ ।

स्थानीय जनविश्वासअनुसार ‘बुढी पोल्ने’ परम्परा भगवान् श्रीकृष्णसँग सम्बन्धित पुतना बधको कथासँग जोडिएको मानिन्छ । पुतनालाई बुढीको प्रतीकका रूपमा लिएर उनको अन्त्यको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास छ ।

साथै यस पर्वसँग जोडिएका स्थानीय कथा, मान्यता र मनाउने विधिमा केही भिन्नता पाइन्छ । पशुचौपायामा कुनै रोग नलाग्ने विश्वास गरिन्छ ।

‘बुढी पोल्ने’ परम्परा भगवान् श्रीकृष्णसँग सम्बन्धित पुतना बधको कथासँग जोडिएको ठूलाकेदार धामका मुुख्य पुुजारी सिद्धराज बिराडीले बताउनुुुभयो ।

उहाँले पुतनाको स्वरुप तयार गरी सिँगारिएको बाबियोलगायत सामग्रीलाई आज बिहान गोठबाट निकालेर दिनभर घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने चलन छ ।

आधुनिक जीवनशैली र बढ्दो बसाइँसराइका कारण परम्परागत संस्कृतिमा परिवर्तन आइरहेको भए पनि ‘बुढी पोल्ने’ पर्वले डोटीका समुदायलाई आफ्नो मौलिक परम्परा र सांस्कृतिक पहिचानसँग जोड्दै आएको छ ।

स्थानीयस्तरमा पर्वको संरक्षण र पुस्तान्तरणका लागि नयाँ पुस्ताको सहभागिता आवश्यक रहेको बोगटान फुुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताउनुुभयो ।




भर्खरै