१ आश्विन २०८३, बिहीबार
,
Latest
हिन्दुकुश–हिमालय क्षेत्रमा विश्वव्यापी औसतभन्दा दोब्बर तापक्रम वृद्धि : विज्ञ खड्का खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने देउवालाई सभापति थापाको आग्रहः महाधिवेशन उद्घाटनमा आउनुहोस् भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ आ.व.२०८२-८३ मा अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी बढे, सङ्घीय सरकारतर्फ भूमि मन्त्रालयका उजुरी धेरै रास्वपाले गर्‍यो शहीद परिवारको प्रदर्शनको विरोध, सांसदलाई धम्की दिने कार्य स्वीकार्य नभएको दाबी सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच खोज्न सकिन्छ : सञ्चारमन्त्री डा तिमिल्सिना केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे देउवा–खड्का पक्षीय नेता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णभीरमा सडक सञ्चालनपछि कुलमान घिसिङले भने– दीर्घकालीन समाधानतर्फ तत्काल काम थाल्नुपर्छ



अ+ अ-

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले धादिङको कृष्णभीरमा नयाँ ट्रयाक खोली पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा ल्याइएको घटनालाई विपद्बाट प्रभावित जनजीवन र आपूर्ति व्यवस्था सहज बनाउन महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले कृष्णभीर क्षेत्रको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै सडकको दीर्घकालीन र दिगो समाधानका लागि तत्काल काम अघि बढाउनुपर्ने बताएका हुन्।

उनले विज्ञमार्फत विस्तृत भौगर्भिक अध्ययन गराई सुरक्षित र दिगो सडक संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। सम्भावित जोखिमका बेला वैकल्पिक सडकको पहिचान गरी आवश्यक स्थानमा निर्माण कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ।

१० भदौमा रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण केही दिनपछि कृष्णभीरमा सडक कटान हुँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा आवागमन प्रभावित हुनुका साथै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत असर परेको र त्यसले उपभोक्तासम्म पुग्ने सामग्रीको मूल्यमा चाप परेको घिसिङले उल्लेख गरेका छन्।

कृष्णभीरमा नयाँ ट्रयाकमार्फत सडक दुईतर्फी सञ्चालनमा ल्याउन खटिएका भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग, नौबिसे–मुग्लिङ सडक आयोजना, स्थानीय तहका जनप्रतिनिधि, निर्माण व्यवसायी, सुरक्षाकर्मी, प्राविधिक तथा श्रमिकलाई उनले धन्यवाद दिएका छन्।

प्रतिकूल मौसम, जोखिमयुक्त भूगोल र निरन्तर चुनौतीका बाबजुद फिल्डमै रहेर काम गर्ने सडक विभागका प्राविधिक तथा कर्मचारी, नौबिसे–मुग्लिङ सडक आयोजनाका टोली, निर्माण व्यवसायी तथा श्रमिक, सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको प्रयास प्रशंसनीय रहेको घिसिङले बताएका छन्।

विपद्का बेला समयमै जुट्ने सामूहिक प्रयासले कठिन परिस्थितिमा नागरिकलाई राहत र भरोसा प्रदान गर्ने उल्लेख गर्दै उनले बाँकी प्रभावित सडक तथा पूर्वाधार पनि समन्वय र सक्रियताका साथ यथाशीघ्र सुरक्षित रूपमा सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन्।

यसैबीच, घिसिङले बट्टारदेखि वेत्रावती हुँदै धुन्चे–स्याप्रुवेसीसम्मको सडक पनि छिटो सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।




भर्खरै