३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनास्लु आरोहण सुरु



फाइल फोरो
अ+ अ-

गोरखा। शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको छ ।

यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गत मङ्गलबारदेखि आरोहण सुरु गरेका हुन् ।

उनन्चालिस (३९)  समूहमा ३४२ जना पुरुष र १२४ जना महिला आधार शिविरबाट आरोहणका लागि प्रस्थान गरेका छन् ।

आधार शिविरमा लामा गुरुले पूजा गरेर आरोहणको साइत गरिएको आरोहीका सहयोगी विसबहादुर गुरुङले जानकारी दिनुभयो । आरोरीहरूले अबको एक दुईदेखि तीन साताभित्र आरोहण गरिसक्ने गुरुङको भनाइ छ ।

यो याममा नेपाल सरकारले मनास्लु आरोहण गर्नेहरूबाट रु २१ करोड २४ लाख ४८ हजार राजस्व आर्जन गरेको पर्यटन विभागले जनाएको छ । मनास्लु आरोहण गर्ने आरोहीको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । साथै राजस्व पनि अहिलेसम्मकै धेरै हो ।

गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा अवस्थित मनास्लु सन् १९५६ मे ९ देखि आरोहण गर्न सुरु गरिएको थियो । समुद्री सतहबाट आठ हजार १६३ मिटर अग्लो यो विश्वकै आठौँ अग्लो हिमाल हो । रासस