१ आश्विन २०८३, बिहीबार
,
Latest
रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहतका कमिटीलाई निर्देशन जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?: सांसद बराल भोटेकोशी बाढी : संसदीय विशेष समिति गठनमा जुटेन सहमति अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ: डा. शेखर कोइराला भ्रष्टाचार नियन्त्रणमा अख्तियारले संवैधानिक दायित्व प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँको ताकुडाँडाको खोल्सीमा आएको बाढीले १३ घरमा क्षति



अ+ अ-

काठमाडौं  । अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीबाट आएको बाढीले १३ घरमा सामान्य क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बाढीको पानी तीनवटा पक्की र १० वटा कच्ची घरमा पसेको थियो । बाढीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

गएराति खोल्सीमा पानीको बहाव बढेर स्थानीयवासीका घरमा पानी पसेको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट कोत्रेबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार प्रहरीले स्थानीयवासीसँग समन्वय गरी आवश्यक उद्धार तथा सुरक्षा व्यवस्था मिलाएको थियो ।

हाल पानीको बहाव घटिसकेको र अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।




भर्खरै