२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि



अ+ अ-

काठमाडौं । नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् । ।एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) सँगको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् ।

सन्दीपले हालसम्म एकदिवसीयमा १५८ र टी-२०आई क्रिकेटमा १४२ विकेट लिएका छन् । उनले अहिलेसम्म एकदिवसीयमा ७९ र टी-२० आईमा ७८ वटा खेल खेलेका छन् । सन्दीपले विदेशी मैदानमा एसिसी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा गरेका छन् ।

सन् २०२३ मा आयोजित एसिसी प्रिमियर कपको उपाधि नेपालले घरेलु मैदानमा जितेको थियो । त्यतिबेला नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गरेका थिए । कप्तान लामिछाने एकदिवसीय एसिसी प्रिमियर कपमा लगातार दोस्रोपटक ‘प्लेयर अफ द सिरिज’ घोषित हुने पहिलो खेलाडीसमेत बनेका छन् ।

उनी सन् २०२३ को संस्करणमा पनि उत्कृष्ट खेलाडी चुनिएका थिए । उक्त संस्करणको प्रिमियर कपमा सन्दीपले ५५ रन बनाउनाका साथै १३ विकेट लिएका थिए । यसपालि उनले थप उत्कृष्ट प्रदर्शन गरे ।

सन्दीपले एसिसी प्रिमियर कप २०२६ मा छ खेलमा २.९८ को सानदार इकोनमी रेटमा सबैभन्दा बढी १७ विकेट लिए । नेपालले दोस्रो एसिया कपमा स्थान बनाउन उनको योगदान महत्वपूर्ण रह्यो ।