२७ भाद्र २०८३, शनिबार
,
Latest
ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री



अ+ अ-

काठमाडौँ। पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ ।

पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरी बैकल्पिक बाटोबाट ती सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएका हुन् ।

निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८, बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र बिहीबार ४० हजार ६३६ थान सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरिएका छन् ।

मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले यही भदौ १४ गतेदेखि काठमाडौँ, धादिङ र काभ्रेपलाञ्चोकस्थित उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर बैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो ।

पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिण्डर काठमाडौँ ल्याई बिक्री गरिने निगमले जनाएको छ । रासस