२७ भाद्र २०८३, शनिबार
,
Latest
ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशका समस्या र जनताका एजेण्डाले अग्रगामी मोर्चा बन्योः जनार्दन शर्मा



अ+ अ-

काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले देशका समस्या र जनताका एजेन्डाको एकताबाट अग्रगामी मोर्चा गठन भएको बताउनुभएको छ ।

शनिवार जनकपुरमा अग्रगामी मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले मोर्चा कुनै व्यक्ति वा शक्तिको स्वार्थबाट नभई देशका विद्यमान समस्या समाधान गर्ने उद्देश्यले गठन गरिएको दाबी गर्नुभएको हो ।

उहाँकाअनुसार मोर्चामा समावेशी नेतृत्वसँगै विभिन्न राजनीतिक आन्दोलन तथा युद्धका अनुभव बोकेका शक्तिहरूको समिश्रण रहेको छ । मोर्चाप्रति कतिपय राजनीतिक नेताहरूले प्रश्न उठाइरहेको उल्लेख गर्दै शर्माले केहीमा मोर्चालाई लिएर ‘आतंक’ पैदा भएको टिप्पणी गर्नुभयो । तर अग्रगामी मोर्चा राष्ट्र निर्माण र राष्ट्रियताको रक्षाका लागि गठन गरिएको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘अग्रगामी मोर्चा कसरी र किन बन्यो भन्ने प्रश्न उठिरहेको छ । यो मोर्चा हामीले मात्र बनाएको होइन, देशका समस्याले र साझा एजेन्डाको एकाग्रताले बनाएको हो । यो केवल राजनीतिक मोर्चा मात्र होइन, समावेशी नेतृत्वको टिम पनि हो । विभिन्न आन्दोलन र संघर्षका अनुभवहरूको समिश्रणबाट यो मोर्चा निर्माण भएको हो । त्यसैले आज कतिपय नेताहरूले यसप्रति प्रश्न उठाए पनि र कतिपयमा यसले भय पैदा गरे पनि यो मोर्चा कुनै व्यक्तिविशेषविरुद्ध होइन। यो राष्ट्र निर्माण, राष्ट्रियताको रक्षा र देशको हितका लागि बनेको हो ।’

उहाँले मोर्चाले विभिन्न आन्दोलनका अनुभवलाई समेट्दै देशका राजनीतिक, सामाजिक तथा आर्थिक समस्या समाधानका लागि नयाँ ढंगले अघि बढ्ने बताउनु भयो ।–न्युज एजेन्सी नेपाल