२७ भाद्र २०८३, शनिबार
,
Latest
‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा



अ+ अ-

काठमाडौं। काठमाडौंको असनमा नेवारी परम्पराअनुसार ९६ जना कुमारको पूजा गरिएको छ ।

अन्नपूर्ण तः कें पुचः को आयोजनामा शनिवार कुमार पूजा गरिएको हो । पाँच वर्षसम्मका बालकहरुलाई कुमार पूजा गर्ने गरिएको छ ।

संस्थाले हरेक वर्षको भदौ महिनामा कुमार पूजा गर्दै आएको संस्थाकी अध्यक्ष रामलक्ष्मी महर्जनले जानकारी दिनुभयो । देशमा सुख, शान्ति कायम होस् तथा सबै गणेशले मिलेर रक्षा गरून् भन्ने उद्देश्यले पूजा गरिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हरेक वर्ष भदौ महिनामा हाम्रो संस्थाबाट कुमार पूजा गर्ने गरेका छौँ, देशमा सुख शान्ति होस्, सबै गणेशहरु मिलेर रक्षा गरोस् भनेर कुमार पूजा गरिएको हो । यहाँ ९६ जना कुमारको पूजा गरिएको छ ।’

कुमारहरुको नेवारी परम्पराअनुसार बाजगाजासहित पूजा गरिएको हो । कुमारहरुलाई टिका, फूलपाती, टोपी लगाउनुको साथै प्रसाद, चकलेट, बिस्कुट, लगायतका मिष्ठान्न परिकारहरु वितरण गरिएको छ ।

कुमार पूजापछि आगन्तुकहरुलाई नेवारी भोजन समेत गराईएको छ ।–न्युज एजेन्सी नेपाल