७ आश्विन २०८१, सोमबार
,
Latest
काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीयः राष्ट्रपति पौडेल बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटीएम ‘ह्याक’को अर्को शृङ्खला एभरेष्ट र माछापुच्छ्रे बाट पनि निकालियो १ करोड



अ+ अ-

काठमाडौं। नेपालका विभिन्न बैंकका एटीएमबाट पैसा निकाल्ने चिनियाँ गिरोहले भारतबाट पनि नेपाली बैंकको एटीएम प्रयोग गरी रकम निकालेको तथ्य बाहिरिएको छ। युरोपमा बसेर नेपाली बैंकको स्विफ्ट कोड चोरी नेपालमा रहेका ती चिनियाँ नागरिकलाई पैसा निकाल्न निर्देशन दिने गिरोहले नै भारतबाट नेपाली एटीएम प्रयोग गरेर रकम निकालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो।

सो घटनाको अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार नेपालका बैंकबाट रकम निकाल्ने गिरोहले नै भारतीय बैंकबाट नेपाली बैंक एभरेष्ट र माछापुच्छ्रे बैंकको एटीएम प्रयोग गरी १ करोड नेपाली रुपियाँ निकालेको फेला परेको हो।अधिकांश नेपाली वाणिज्य बैंकका एटीएम भारतीय बैंक तथा एटीएम मेसिनमा प्रयोग गर्न सक्ने भएपछि गिरोहले नेपाली एटीएम प्रयोग गरेर पैसा निकालेको फेला पारेपछि अहिले भारतीय पक्षसँग पनि कुरा गरिरहेको डीएसपी बोगटीले जानकारी दिनुभयो।

भारत र नेपालबाट अवैधरूपमा निकालिएको रकम व्यक्तिको नभएर बैंकको भएको बैंकर एसोसिएसनले बताए पनि त्यसरी निकालिएको रकम व्यक्तिको समेत रहेको दाबी प्रहरीले गरेको छ।उक्त घटनामा चिनियाँ नागरिकको नेपाल आवागमनका बारेमा अनुसन्धान गर्ने क्रममा उनीहरूले पैसा नेपालमा निकाले पनि योजना भने युरोपेली मुलुक स्पेनमा बसेर बनाएको प्रहरीले खुलासा गरेको छ।

नेपालमा समातिएका चिनियाँ नागरिक भरियामात्र भएको आशंका गरिएको छ। ‘उनीहरूलाई नेपाल आउन, जान र नेपाल बसाइको सबै रकम ह्याकर समूहले नै बेहोरेको र उनीहरू सुरक्षितरूपमा चीन फर्किए ५० हजार चिनियाँ युआन दिने सहमतिअनुसार उनीहरू नेपाल आएको देखिन्छ।’ –घटनाको अनुसन्धान गरिरहेको प्रहरीका एक अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।
प्रहरीले उक्त घटनामा संलग्न रहेर फरार भएका ३ जनामध्ये एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। चिनियाँ मूलका फ्रान्सेली नागरिक सु लुस लीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई नेपालबाट मलेसिया भाग्ने क्रममा विमानस्थलबाट पक्राउ गरिएको हो। विमानस्थलबाट पक्राउ परेका सु प्राविधिक विज्ञ भएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका चिनियाँ नागरिकको बयानका आधारमा ठमेलमा रहेका ३ वटा मनी चेन्जरका सञ्चालकलाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई विभिन्न बैंकबाट निकालिएको नेपाली रुपियाँलाई अमेरिकी डलरमा सटही गरेको अभियोगमा पक्राउ गरिएको हो।सटही अभियोगमा पक्राउ पर्नेमा डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने रहेका छन्। लामिछानेले राम्रो रकम कमिसन आउने लोभमा २९ लाख ९९ हजार रुपियाँ सटही गरेका थिए।

उनले अमेरिकी डलर आफूसँग नभएपछि नेपालय मनी एक्सचेन्जबाट २६ लाख नेपाली रुपियाँको २३ हजार अमेरिकी डलर लिएर ती चिनियाँ नागरिकलाई २५ हजार ८ सय ६२ डलर दिएका थिए।प्रहरीले नेपालय मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीलाई पनि पक्राउ गरेको छ। ‘चोरेको पैसा हो भन्ने जानकारी हुँदाहुँदै पनि लामिछानेले बढी कमिसनको लोभमा उक्त रकम सटही गरेको देखिन्छ।’ –डीएसपी बोगटीले जानकारी दिनुभयो।

प्रहरीले एटीएम ह्याकिङ काण्डमा संलग्न रहेका अन्य दुई चिनियाँ नागरिकको खोजीलाई तीव्र बनाएको छ।पक्राउ परेका चिनियाँ नागरिकलाई भेट्न नेपालस्थित चिनियाँ दूतावासका अधिकारी महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छन्।आइतबार प्रहरीले उनीहरूको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपियाँ, ९ हजार १ सय ८ अमेरिकी डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, २ सय ५० युरो, ५ हजार कम्बोडियन रुपियाँ, ८० हङकङ डलर बरामद गरेको छ। प्रहरीले उनीहरूको साथबाट नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप र डाटा कार्डसमेत बरामद गरेको थियो।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।