१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी विरोधमा



अ+ अ-

काठमाडौं । चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी पक्राउको विरोधमा विद्यार्थीहरुले भरतपुरमा र्‍यालीसहित प्रर्दशन गरेका छन् ।

प्रहरीले चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता समेत रहेका प्रविन स्याङ्तानलाई कोठाबाट नै पक्राउ गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन् ।

आफूहरुको आन्दोलनलाई दवाउन प्रविनलाई पक्राउ गरिएको र पक्राउ गरिएका विद्यार्थी तत्काल नछाडे आन्दोलनलाई थप चर्काउने उनीहरुको चेतावनी छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले केही कुरा सोधपुछ गर्नुपर्ने भएकाले प्रविनलाई पक्राउ गरिएको जानकारी दिए ।