२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुरीपीडितले घर पाउँदै, उपप्रधानमन्त्री पोखरेलले साचो हस्तान्तरण गर्ने



अ+ अ-

बारा । गत चैत्र १७ गते बारा र पर्सामा आएको हुरीका कारण विस्थापितले बुधवार घर पाउने भएका छन्। नेपाली सेनाको जनता आवास कार्यदलले बारामा निर्माण गरेको ८०७ र पर्सामा निर्माण गरेको ६२ वटा घर हुरीपीडितलाई हस्तान्तरण गर्न लागिएको हो। रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले घरको स्थलगत निरीक्षण गरी साचो हस्तान्तरण गर्ने कार्यक्रम नेपाली सेनाले तय गरेको छ।

घर हस्तान्तरण गर्न मन्त्री पोखरेल बुधबार बिहान बारा आउने नेपाली सेनाले जानकारी दिएको छ। सेनाका अनुसार मन्त्री पोखरेलले हुरीपीडितका लागि बनेका घरको निरीक्षण गरी वीरगन्जमा आयोजना हुने कार्यक्रममा साचो हस्तान्तरण गर्नछन्।

हुरीले बारा र पर्सामा ठूलो क्षति पुर्‍याएपछि चैत्र २१ गते मन्त्रिपरिषद् बैठकले हुरीपीडितका लागि सरकारले नै घर निर्माण गरिदिने र सोको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सो निर्णयपछि बारा र पर्सामा आएका नेपाली सेनाले बैशाख २१ गते शिलान्यास भएपछि घर निर्माणको काम थालेका थिए। घर निर्माणका लागि बारामा मात्रै झण्डै तीन हजार सेना खटिएका थिए। सेना १२ समूह बनाएर घर निर्माणमा जुटेका थिए।

रक्षा तथा उपप्रधानमन्त्री पोखरेल, उपप्रधानमन्त्री उपेन्द्र यादवसहित केन्द्र सरकारका १० मन्त्री, प्रदेश २ का प्रमुख र मुख्यमन्त्रीसहित १२ जनाले बारा र पर्सामा एकसाथ घरको शिलान्यास गरेका थिए। सेनाले बारा र पर्सामा गरी ८८१ घर निर्माण थालेको थियो। केही घरमा विवाद देखिएपछिसेनाले सय ८६९ घरको काम सुरु गरेको थियो।

हुरीका कारण २९ जनाको मृत्यु भएको थियो भने एक हजार भन्दा बढी घरमा क्षति पुर्‍याएको थियो। क्षति संकलनमा नाम छुटेकाको घर निर्माण हुन सकेको छैन्। नाम छुटेका कारण घर पाउनबाट बञ्चित पीडित अझै टेन्टमा बस्न बाध्य छन्। बारामा मात्रै ५५६ जनाको नाम छुटेको भन्दै विरोध प्रदर्शनसमेत भएको थियो। सामान्य क्षति भन्दापनि पूर्णरुपमा घरबिहीन बनेका पीडितको तथ्यांक संकलन गरी घर निर्माणको कामलाई दोस्रो चरणमा अघि बढाइने बताइएको छ।

हुरी पीडितले घरको लागत प्रतिघर ४ लाख ८५ हजार रहेको छ। सरकारले प्रतिघर निर्माणका लागि पाँच लाख ४६ हजार दरले रकम उलपब्ध गराएको थियो। कटिन्जेन्सी र निर्माण सामाग्रीबाट सेनाले प्रतिघर ६१ हजार एक सय रकम बचत गर्न सफल भएको छ। सेनाको जनता आवास कार्यदलले निर्माण गरिदिएको घरमा दुई कोठा, एक भान्सा, एक शौचालय, बरण्डा रहेको छ। उक्त घर प्राकृतिक प्रकोप प्रतिरोधी रहेको सेनाको भनाइ छ। , समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।