२२ भाद्र २०८३, सोमबार
,
Latest
सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाबाट २२ हात्ती भारत तर्फ



अ+ अ-

काठमाडौं । विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह आज बिहान भारततर्फ फर्किएको हात्ती अभियान्ता शङ्कर लुईटेलले जानकारी दिनुभयो ।

बच्चासहितको उक्त हात्तीको हुलले बाहुनडाँगी, शान्तिनगर लगायतका आसपासका क्षेत्रमा दैनिकजसो उपद्रव गर्दै आएको थियो ।

हात्तीले स्थानीय बासिन्दाका घर भत्काउने, खेतमा लहलह भएको धान खाइदिने, कुल्चिएर नष्ट गर्ने, सुपारीका बोट भाँचिदिन गरेपछि झापाका उत्तरी–पूर्वी क्षेत्रका बासिन्दा लामो समयदेखि त्रास र तनावमा जीवन बिताउन बाध्य थिए । एक महिनापछि भारतबाट आएको ठूलो हुल आफ्नै प्राकृतिक बासतर्फ फर्किएपछि स्थानीयवासीले ठूलो राहतको महसुस गरेका छन् । स्थानीय नीलकण्ठ तिवारीका अनुसार हात्तीको हुल फर्केपछि केही हदसम्म भए पनि स्थानीयमा त्रास कम भएको बताउनुभयो ।

आज बिहान बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा एउटा एक्लो हात्ती बस्तीमा पसेपछि स्थानीयवासी पुनः त्रसित बनेका थिए । बिहानीपख घरआँगनमै हात्ती देखिएपछि स्थानीयहरू भागाभाग गर्न बाध्य भएका थिए । उक्त एक्लो हात्ती बिहान बस्तीमा घुमेको करिब चार घण्टापछि बुटाबारीस्थित चियाबगानतर्फ लागेको पत्रकार पुष्प बरालले जानकारी दिनुभयो ।

झापामा भारतको आसाम तथा पश्चिम बङ्गालका जङ्गलबाट मेची नदी तरेर हात्तीहरू खाना र बासको खोजीमा बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गर्छन् । तिवारीका अनुसार नेपाल–भारत सीमामा लगाइएको सोलार फेन्सिङ (बिजुलीको झट्का दिने तारबार) पुरानो र जीर्ण हुँदै गएकाले हात्तीहरू सजिलै नेपालतर्फ छिर्ने गरेका छन् । जिल्लामा वर्षेनि हात्तीको आक्रमणबाट सर्वसाधारणले ज्यान गुमाउनुका साथै लाखौँ रूपैयाँ बराबरको अन्नबाली र धनमालको क्षति हुने गरेको छ ।