२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता पर्साबाट फरार प्रतिवादी पक्राउ रसुवा बाढीः एक हजार ३५५ को मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता



अ+ अ-

काठमाडौं । धनकु[टा जिल्लामा पुराना उद्योग बन्द गर्ने र नयाँ उद्योग स्थापना गर्नेहरुको सङ्ख्या घट्दै गएको छ । गत वर्ष १५१ उद्योग बन्द भएका छन् भने चालु आर्थिक वर्ष २०८३÷८४ मा १४८ नयाँ उद्योग दर्ता भएका छन् ।

नव युवामा उत्साह र अनुदान लगायतका सेवा पाइने भएकाले उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख माधव बाँस्कोटाले बताउनुभयो ।

प्रक्रिया र मापदण्डअनुसार मात्रै छनोट गरी अनुदान वितरण गर्ने गरेकाले अनुदान नपाउने व्यवसायीले उद्योग बन्द गर्ने गरेको उहाँले बताउनुभयो । गत आर्थिक वर्ष २०८२÷८३ मा धनकुटामा १५१ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको तथ्याङ्कअनुसार जिल्लामा उद्योग बन्द हुनेको सङ्ख्या यस्तो पाइएको हो । जिल्लामा गत आर्थिक वर्षमा १२३ उद्योग बन्द भएका छन् ।

वाणिज्यतर्फ २८ उद्योग बन्द भएका छन् । गत आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालय धनकुटामा १४८ वटा नयाँ उद्योग दर्ता भएका छन् । जसमा वाणिज्यतर्फ ३७ र प्रशासनतर्फ १११ उद्योग नयाँ दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी अर्जुन गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादकमूलक १५, कृषि तथा वनजन्य ५२, पर्यटन १७, सेवामूलक २२ र सूचना प्रविधिका पाँच गरी १११ वटा नयाँ उद्योग दर्ता भएका हुन् ।

वाणिज्यतर्फ खाद्यान्न र किराना गरी ३७ वटा नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका अनुसार प्रशासनतर्फ ५१६, र वाणिज्यतर्फ २४८ गरी जम्मा ७६४ उद्योग नवीकरण भएका छन् । कार्यालयमा हालसम्म चार हजार २९३ उद्योग दर्ता रहेका छन् । कार्यालयमा रु एक करोड ८५५ पुँजी वृद्धि भएको छ भने रु ३५ लाख १७ हजार ३९९ कर जम्मा भएको कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता हुनेको सङ्ख्या भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा १३४ वटा नयाँ उद्योग दर्ता भएका थिए भने गत आर्थिक वर्षमा १४८ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग बन्द हुनेको सङ्ख्या भने झण्डै दोब्बरले घटेको छ । अघिल्लो आर्थिक वर्ष धनकुटामा ३३६ उद्योग बन्द भएका थिए भने गत आर्थिक वर्षमा १५१ वटा मात्रै उद्योग बन्द भएका छन् ।