२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार भोटेकोशी बाढीः शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला



अ+ अ-

काठमाडौँ। रसुवाको भोटेककोशी–त्रिशूली करिडोरमा १० भदौमा आएको भीषण बाढीमा परी हालसम्म १ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आईतवार साँझ नियमित प्रेश ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।

प्रेस ब्रिफिङमा बोल्दै प्राधिकरणकी प्रवक्ता शान्ति महतले मृतकमध्ये ९८ जनाको सनाखत भई परिवारलाई हस्तान्तरण गरिसकेको बताउनुभयो ।

उहाँका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित राज्यका विभिन्न संयन्त्र, प्राविधिक तथा विज्ञ टोली खोज तथा उद्धारमा परिचालित रहेका छन् ।

अन्तर्राष्ट्रिय विज्ञहरूले समेत खोज तथा उद्धार कार्यमा सहयोग गरिरहेको उहाँले बताउनु भयो । प्रवक्ता महतले बाढीले क्षति पु¥याएका विभिन्न जलविद्युत आयोजनाका सुरुङहरुमा समेत खोजी कार्य जारी रहेको बताउनु भयो ।

उहाँकाअनुसार हाल त्रिशूली–३ ए आयोजनाको सुरुङमा १६० मिटर, त्रिशूली–३ बीमा ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म पुगेर उद्धार टोलीले खोजी गरिरहनुभएको छ ।

उहाँले नेपाल प्रहरीको श्रव्यदृश्य विज्ञ टोलीले ड्रोनमार्फत बाढी प्रभावित खोला किनारको निरीक्षण, अवलोकन तथा विवरण संकलन गरी खोज तथा उद्धारमा सहजीकरण गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो रसुवाको भोटेकोशी र त्रिशूली नदिमा बाढी आएको आज १२ दिन पुरा भएको छ । सरकारले विपद्पछिको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । राज्यका सबै संयन्त्र, प्राविधिक र विशषेज्ञ विज्ञहरु आज पनि यस कार्यमा सक्रिय हुनुभयो ।

यस कार्यमा अन्तर्राष्ट्रिय विज्ञहरुले समेत सहयोग गरिरहनुभएको छ । खोज, उद्धार तथा राहत कार्यको समीक्षा गर्न आज दिउँसो भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीज्यू र माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीज्यूको उपस्थितिमा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३६औँ बैठक सम्पन्न भएको छ ।

त्यसैगरी, विषयगत क्षेत्रका निकायहरु, क्लस्टर लिड र रसुवा बाढीपछिको खोज, उद्धार तथा राहत समन्वयको लागि गठित परिचालित टोलीको संयुक्त बैठक सम्पन्न भएको छ ।

आजपनि विभिन्न जलविद्युत आयोजनाका सुरुङहरुमा खोजि कार्य जारी रह्यो । त्रिशूली ३ एमा १६० मिटर, त्रिशूली ३ बीमा ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर चिलिमेमा १७० मिटर, अप्पर त्रिशूली १ को टनेलसम्म पुगेर खोजी कार्य निरन्तर जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार कार्यमा खटिएको छ । पर्यटक प्रहरीले उद्धार भएर आएका पर्यटक तथा बेपत्ता विदेशी पर्यटकहरुका आफन्तहरुलाई सहजिकरणका लागि खटिएको छ ।

नेपाल प्रहरीको श्रव्यदृश्य विज्ञ टोली ड्रोनमार्फत बाढी प्रभावित खोला किनारहरुमा वस्तुस्थितिको बारेमा निरीक्षण, अवलोकन र विवरण संकलन गरि खोज तथा उद्धारमा सहजिकरण गरिरहेको छ । यातायात व्यवस्थासम्बन्धमा पनि कामहरु भइरहेका छन् । यस दुःखद् घटनामा ज्यान गुमाएका १ हजार ३ सय ४२ शव फेला परेका छन् ।

जसमध्ये ९८ वटा शवको सनाखत भइसकेको छ । सनाखत कार्यलाई सजिलो बनाउन आफन्त तथा नातेदारको डिएनए परिक्षणको कार्य समेत भइरहेको छ ।

उहाँले बाढीमा बेपत्ता भएका तथा फेला परेका शवको पहिचानका लागि आफन्त तथा नातेदारको डीएनए परीक्षण भइरहेको समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल