२१ भाद्र २०८३, आईतवार
,
Latest
गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा



अ+ अ-

काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

अस्पतालले आज विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित परिवारले स्वास्थ्यसम्बन्धी समस्या तथा आर्थिक भारसमेत व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गरी परिवारका सदस्यलाई एक वर्षसम्म निःशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको हो ।

अस्पतालका अनुसार यसबाट प्रभावित परिवारलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुग्नुका साथै उपचारमा लाग्ने आर्थिक भार कम गर्न सहयोग पुग्नेछ । निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने प्रक्रिया, आवश्यक कागजात तथा विवरणसम्बन्धी जानकारी छिट्टै सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ ।

प्रभावित परिवारले कसरी सेवा लिन सक्ने भन्ने विषयमा आवश्यक प्रक्रिया तय गरी जानकारी गराइने अस्पतालले जनाएको छ । बाढीपछि प्रभावित समुदायमा स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै अस्पतालले आफ्नो क्षमताअनुसार प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन तथा सहकार्य गर्ने तयारीसमेत गरेको जनाएको छ ।

अस्पतालले बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित समुदायको स्वास्थ्य, पुनःस्थापना तथा पुनःनिर्माणका लागि निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।