२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा भइरहेका प्राकृतिक विपद् र त्यसबाट भएको क्षतिबारे गम्भीर समीक्षा तथा निष्पक्ष बहस आवश्यक रहेको बताउनुभएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले विपद्को समयमा तत्काल उद्धार कार्यलाई प्राथमिकता दिनुपर्ने र उद्धारको चरण सकिएपछि घटनामा भएका कमजोरीबारे वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने बताउनुभयो ।

उहाँले जलविद्युत् आयोजना तथा सुरुङ (टनेल) निर्माणका क्रममा विपद् व्यवस्थापनको पक्षलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । नेपालका विभिन्न स्थानमा निर्माण भएका हाइड्रोपावर तथा सुरुङमा विपद्का बेला हुनसक्ने जोखिम र त्यहाँबाट उद्धार गर्नुपर्ने अवस्था निकै चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो ।

त्रिशूली क्षेत्रमा भएको पछिल्लो दुर्घटना तथा अन्य प्राकृतिक विपद्का घटनातर्फ संकेत गर्दै सभापति थापाले भन्नुभयो, “अहिले हामी केही दिन उद्धार कार्यमै केन्द्रित हुनुपर्छ । तर यो चरण सकिएपछि कहाँ, कसरी र किन कमजोरी भयो भन्नेबारे वस्तुनिष्ठ र निष्पक्ष बहस हुन जरुरी छ ।”

उहाँले विपद्का घटनामा भएका कमजोरी संस्थागत हुन् वा व्यक्तिगत भन्ने विषयमा समेत स्पष्ट समीक्षा हुनुपर्ने बताउनुभयो । यसबारे संसद् र आम नागरिकलाई स्पष्ट जानकारी गराउनुपर्ने उहाँको भनाइ थियो ।

सभापति थापाले प्राकृतिक विपद्का बेला टनेलबाट उद्धार गर्ने विषयमा नेपालले पर्याप्त तयारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । टनेलमा उद्धारका लागि आवश्यक व्यवस्था आयोजना डिजाइनकै क्रममा गर्नुपर्ने हो वा नयाँ प्रविधिको प्रयोग आवश्यक छ भन्ने विषयमा प्राविधिक स्पष्टता हुनुपर्ने उहाँले बताउनुभयो ।

पूर्वाधार निर्माणकै क्रममा विपद्को पूर्वतयारी, आवश्यक उद्धार उपकरणको व्यवस्था तथा नयाँ प्राविधिक ज्ञान र प्रविधिको सुनिश्चितता गर्न सरकार र सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

यसपटकका विपद्का घटनाबाट पाठ सिक्दै भविष्यमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग, पूर्वतयारी र उद्धार क्षमताको विकासमा ढिलाइ गर्न नहुने सभापति थापाको जोड थियो ।