२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौहत्यामा संलग्नलाई कारबाही गर्न कांग्रेस सांसदको माग



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले नेपालगञ्जबाट लगिएका गाई सुर्खेतमा मृत भेटिएको घटना गौहत्या हो भन्दै यसमा संलग्नलाई कारबाही गर्न माग गरेकी छन् ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद संग्रौलाले यस्ता घटना घटाएर जघन्य अपराध गर्नेलाई आजसम्म किन कारबाही नगरिएको भन्दै आक्रोश पोखेकी थिइन् । उनले प्रश्न गरिन्– ‘नेपालमा यसरी नै गौहत्या बर्जित हुँदा पनि यो घटना घट्दै जानु अत्यन्त निन्दनीय छ ।’

सांसद पन्तले खोटाङको दिक्तेल नगरपालिकामा कुकुर मारिएको घटनाको पनि विरोध गरेकी छन् । उनले पशु अधिकारवादीको कुरा सुनेर कुकुर मार्ने काम बन्द गर्न आग्रह गरेकी छन् ।

केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाबाट दैलेखको शिरस्थानतर्फ लगिएको गाईमध्ये २४ वटा सुर्खेतको सानो ब्युरेनी र कटकुवामा मृत भेटिएको थियो ।