१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा जीप दुर्घटना : एक बालकको ज्यान गयो, २२ जना घाइते



अ+ अ-

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–३, दिमिकमा तिज मनाएर फर्किएका महिलाहरु जीप दुर्घटना परेको छन् ।

पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको ग १ ज ३८४१ नम्बरको जीप गल्याङ बजारनजिकै बुटवल पावर कम्पनीको उकालो सडकमा दृर्घटना हुँदा एक जना बालकको ज्यान गएको छ । त्यस्तै दुर्घटनामा परि २२ जना घाइते भएका छन् ।

दुर्घटनामा परि मृत्यु भएका अन्दाजी साढे २ वर्षीय बालकको सनाखत हुन बाँकी छ । घाइतेमध्ये २० जनालाई उपचारका लागि पाल्पा पठाइएको छ । दुई जनाको गल्याङमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ ।

थप उपचारका लागि पाल्पाको तानसेन पठाइएका घाइतेमध्ये १२ महिला र ८ जना पुरुष रहेका छन् । जिप झण्डै ४०० मिटर तल खसेको प्रहरी चौकी गल्याङले जनाएको छ ।