२१ भाद्र २०८३, आईतवार
,
Latest
तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना प्युठानको काईया राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र



अ+ अ-

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्ने गरी नेपाली सेनाले देवीघाटमा एक्रोब्रिज जडानको काम तीव्र पारेको छ ।

भोटेकोशी नदीमा आएको बाढीले उक्त स्थानमा रहेका दुईवटा पक्की पुलमा क्षति पुर्‍याएपछि आवागमन सहज बनाउन नेपाली सेनाको टोलीले एक्रोब्रिज जडान थालेको हो । पुरानै पुलका जिप (ज्याकिङ/जडान संरचना) को उपयोग गरी एक्रोब्रिज निर्माण अघि बढाइएको जनाइएको छ ।

५७.५ मिटर लम्बाइ र ५.५ मिटर चौडाइ रहेको उक्त एक्रोब्रिजको भारवहन क्षमता ७० टन रहेको छ । पुल निर्माण सम्पन्न भएपछि देवीघाट र जिलिङबीचको आवागमन सहज हुनुका साथै बाढीका कारण अवरुद्ध यातायात पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

नेपाली सेनाले पाँच दिनभित्र पुल जडान सम्पन्न गर्ने लक्ष्य राखेर काम अघि बढाएको छ ।

तस्बिर: रामहरि न्यौपाने-रासस