१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विप्लव’ समूहका नगर इञ्चार्ज पक्राउ



अ+ अ-

डडेल्धुरा । प्रहरीले विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका नगर इञ्चार्जलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जोगुढाको परशुराम नगरपालिका–१० जोजलाका ३५ वर्षीय दमन नेपाली रहेका छन् । उनि ‘विप्लव’ समूहका परशुराम नगर इञ्चार्ज तथा जिल्ला सदस्य हुन्।

बुधबार बिहान प्रहरीको टोलीले उनलाई गाँउबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए। बिहान पक्राउ परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा राखिएको छ।