२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट : बिहीबार नेपाल र कुवेत भिड्दै



अ+ अ-

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत नेपालले बिहीबार कुवेतसँग खेल्दै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। प्रशिक्षक योहान कालिनले यसअघिका कप्तान विराज महर्जनलाई टोलीमा समावेश गरेका छैनन्। विराज हालै मलेसियाको शीर्ष डिभिजन क्लबसँगको मैत्रीपूर्ण खेलमा पनि टोलीमा थिएनन्।

विश्वकपअन्तर्गत दोस्रो चरणको एसियाली छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ। समूहमा नेपालसँगै बलियो अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन्।


नेपालले आफ्नो दोस्रो खेल चाइनिज ताइपेविरुद्ध उसैको भूमिमा भदौ २४ गते खेल्दैछ । यी देशले एक अर्काविरुद्ध होम एण्ड अवे खेल खेल्नेछन् । उत्कृष्ट टिम विश्वकप फुटबल २०२२ को छनोटको फाइनल खेल खेल्नेछ ।

नेपाली फुटबल टिम

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, रजिन धिमाल ।

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, तेज तामाङ, रोहित चन्द र रवि पासवान ।

फरवार्ड : विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अभिषेक रिजाल ।