२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी



अ+ अ-

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) लगायतका दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सामान्य तुल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको जनाएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा काठमाडौंमा आयोजित ‘रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य श्रृङ्खलामा परेको प्रभाव र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

सहसचिव सुवेदीले बाढीपहिरोका कारण यातायातका मुख्य मार्गहरू अवरुद्ध हुँदा आपूर्तिमा केही समस्या देखिए पनि यसलाई समाधान गर्न सरकार क्रियाशील रहेको बताउनु भयो ।

विशेषगरी पृथ्वी राजमार्ग लगायतका मुख्य सडक खण्डहरू केही दिनभित्रै सुचारु हुने अवस्थामा रहेकाले व्यवसायीहरूलाई यो सङ्कटको घडीमा मूल्यवृद्धि नगर्न र व्यावसायिक नैतिकता प्रदर्शन गर्न उहाँले आग्रह गर्नुभयो  ।

कार्यक्रममा खाद्यान्न, चिनी, तेल तथा दाल जस्ता आयातित वस्तुहरूको अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलामा परेको प्रभावका कारण मूल्यमा केही चाप परेको स्वीकार गर्दै उहाँले मौज्दात रहेका पुराना सामानहरूमा पुरानै मूल्य कायम हुनुपर्नेमा जोड दिनुभयो । नयाँ आयात हुने सामानको हकमा बिलिङका आधारमा मूल्य निर्धारण हुने भएपनि कृत्रिम अभाव सिर्जना गर्ने र अस्वाभाविक मूल्यवृद्धि गर्नेहरूमाथि कडा निगरानी राखिने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘राज्यको तर्फबाट जुनसुकै उपाय लगाएर भए पनि आपूर्ति व्यवस्था सामान्य गराउन हामी तयार छौँ । केही दिन सडक अवरुद्ध भएको बहानामा मूल्य बढाएर नाफा कमाउनेभन्दा पनि मानवीय र व्यावसायिक उत्तरदायित्व बुझिदिन म व्यवसायीहरूलाई अनुरोध गर्दछु ।’

दशैँ जस्ता चाडपर्व नजिकिएको सन्दर्भमा बजारमा हुनसक्ने गैरव्यावसायिक क्रियाकलाप रोक्न सरकारले अनुगमनलाई तिब्रता दिएको छ ।

सहसचिव सुवेदीकाअनुसार काठमाडौं उपत्यकाभित्र मात्रै हिजो एकै दिन ४० भन्दा बढी व्यावसायिक फर्महरूमा अनुगमन गरिएको छ ।

बजार अनुगमनका लागि थप टोलीहरू परिचालन गरिएको र जिल्ला तहमा जिल्ला प्रशासन कार्यालयहरूमार्फत निगरानी बढाइएको उहाँले जानकारी दिनुभयो ।

आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन स्थानीय, प्रादेशिक र सङ्घीय गरी तीनै तहका सरकारबीच समन्वय र नेटवर्किङ आवश्यक रहेको मन्त्रालयको ठहर छ ।

व्यावसायिक आचारसंहिता विरुद्धका गतिविधिमा संलग्न हुने जोकोहीलाई प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनी समेत सरकारले दिएको छ । –न्युज एजेन्सी नेपाल