६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी हुँ भन्दै दुई लाख माग्ने पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरी हुँ भन्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धम्की दिएको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौँको हल चोकबाट ताप्लेजुङका हिमाल लिम्बू र तेह्रथुमका भक्तबहादुर लिम्बूलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो ।

उनीहरुले महाशाखाको प्रहरी सहायक निरीक्षक र हवल्दार भएको भन्दै काठमाडौँको स्वयम्भूका २६ वर्षीय धर्मगुरु आनान्दा छोरातेलाई रु दुई लाख रकम माग गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरु हाल सामाखुसीमा बस्दै आएको खुलेको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको थापाले जानकारी दिनुभयो ।